अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

संस्कृतिको संरक्षण गर्न भिरकोटमा मौलिक तीज गित प्रतियोगिता

news

 
 
रेडियो आँधीखोला,
वालिङ २५ भाद्र ।
परम्परागत संस्कृतिको संरक्षण गर्न स्याङ्जाको भीरकोटका वडा वडामा मौलिक तिजगित प्रतियोगिताहरु गरिएको छ । ९ वटा वडा रहेको नगरमा वडा हरेक दिन वडा तहमा प्रतियोगिताहरु सम्पन्न भएका छन् ।  नगरपालिकाले तिज गितको मौलिकता संरक्षण गर्न वडा तहदेखि नगरस्तरीय सम्मको तिज गित प्रतियोगिताको आयोजना गरेको हो । आईतबार वडा नंं. ३ मा प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा बजादी आमा समुह प्रथम, मुल्का बराही आमा समुह द्धितिय, प्रगतिशिल आमा समुह तृतिय र जनसेवा आमा समुह सान्त्वना भएका छन् । 
प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमश १५ हजार, १० हजार, ५ हजार, २ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रममा नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले तिज गितको मौलिकताको संरक्षण तथा संर्वद्धन गरी महिलाहरुमा एकता कायम राख्न प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, जनप्रतिनिधि तथा पार्टीका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो । वडा अध्यक्ष केशरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विष्णुमाया काफ्लेले गर्नुभएको छ ।
अव बाँकी, २५ गते वडा नं  २ मा, २६  गते वडा नं ९  मा , २७  गते वडा नं १  मा, २९  गते वडा नं ८ मा वडा स्तरीय मौलिक तीज गीत प्रतियोगिता हुनेछन् । असोज १ गतेको नगर स्तरीय तीज गीत प्रतियोगिता बयरघारीमा हुनेछ । प्रतियोगितामा वडा तहमा प्रथम भएका आमा समुहले अनिवार्य सहभागिता जनाउनुपर्नेछ भने खुल्ला रुपमा अन्य आमा समुह तथा महिला समुहहरुले प्रतिष्पर्धा गर्नेछन् । नगरस्तरीय प्रतियोगितामा प्रथमले २५ हजार, द्धितियले १५ हजार, तृतियले १० हजार र सान्त्वनाले ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्नेछन्। 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...