समाचार
भेषजराज साहित्य प्रतिष्ठानको नियमित रचना वाचन गल्याङमा
भेषजराज साहित्य प्रतिष्ठानको नियमित रचना वाचन गल्याङमा
रेडियो आँधीखोला,
वालिङ २५ भाद्र ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङको नियमित रचना वाचनको ६४औँ सृंखला गल्याङ ८ स्थित कृष्ण अर्यालको घरमा रहेको मन्दिरमा सम्पन्न भएको छ । प्रतिष्ठानले हरेक महिनामा नियमित रचना वाचन सृंखला फरक फ्रक स्थानमा आयोजना गर्दै आएको छ । कार्यक्रममा गल्याङ ८ का वडा अध्यक्ष झिमबहादुर थापाले प्रतिष्ठानद्धारा आयोजित हरेक महिना फरक फरक स्थानमा गरिएको रचना वाचन कार्यक्रमले साहित्यको संरक्षण र संर्वद्धनमा टेवा पुगेको बताउनुभयो ।
साहित्यको माध्यमबाट समाजलाई सहित मार्गमा हिँडाउन सकिने भन्दै भेषजराजको साहित्यीक योगदानलाई भुल्न नहुँने बताउनुभयो । कार्यक्रममा पुर्व सचिव अग्नीप्रसाद काफ्ले, सिटिभिटिईका पुर्व निर्देशक त्रिलोचन पंगेनी, शोभाकान्त पौडेल, ज्ञानप्रसाद उपाध्यय, चित्रबहाद््र शाहलगायतको विषेश सभागिता रहेको थियो । कार्यक्रममा कमल बगालेले लघुकथा, दमकुमारी बगालेले कविता, मिलन समिरले गजललगायत स्रष्टाहरुले आ–आफन रचना वाचन गर्नुभएको प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले बताउनुभयो ।