समाचार
स्वास्थ्य कार्यालय स्याङ्जाले डेगी रोग सम्बन्धी अभिमूखीकरण
रेडियो आँधीखोला
वालिङ, २६ भाद्र ।
स्वास्थ्य कार्यालय स्याङ्जाले डेगी रोग सम्बन्धी अभिमूखीकरण गरेको छ । अभिमूखीकरणमा स्वास्थ्य कार्यालयका प्रमुख बिष्णु सुवेदीले संक्रमित लामखुट्टेको टोकाइका कारण डेंगी रोग लाग्ने र लामखुट्टेबाट वच्नतका लागि हातखुट्टा छोपिनेगरी लामा लुगा लगाउने र रातीमा सुत्दा झुल लगाएर सुत्नेगर्नु पर्ने बताउन भयो । यसैगरी, आखाँमा देखिने सापु सम्बन्धी ल्याब अधिकृत पृथ्वी लामिछानेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सेतो पुतलीको संक्रमणबाट आँखामा दृष्टिकम र अन्धोपना सम्मको जोखिमता रहने उहाको भनाई छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख श्री प्रसाद जिटीले धेरै रोगहरु सार्ने माध्यमका रुपमा रहेका झिंगा, पुतली, र लामखुट्टे नियन्त्रणका लागि हामी सबै चनाखो हुनु पर्ने बताउनुभयो । वडा र स्थानीय पालिकाले आ आफना क्षेत्रभित्रका स्थानीयबासीलाई डेंगी रोग नियन्त्रणका उपायका बारेमा सचेतना र लार्भा पहिचान सहित नष्ट अभियान संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा डा. शुशिल ढाकाल, पुतलीबजार नगरपालिका २ का अध्यक्ष भिमबहादुर गुरुङ्, पत्रकार महासंघका उपाध्यक्ष भवानी अधिकारीले डेंगी रोग नियन्त्रणमा आ आफना स्थानका जिम्मेवारीलाई पुरा गर्ने प्रतिवद्धता जनाउनु भएको छ । निमित्त प्रमुख बिष्णु सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन स्वास्थ्य अधिकृत मित्रप्रसाद अर्यालले गर्नुभएको थियो । अभिमूखीकरणमा महिला स्वास्थ्य स्वयंसेविकाहरु, जनप्रतिनिधिहरु, स्वास्थ्यकर्मी लगायतको सहभागिता थियो ।