अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

वालिङ क्याम्पसका एक विद्यार्थीद्धारा जन्मदिनको अवसरमा क्याम्पसमा झण्डा

news

 
रेडियो आँधीखोला
वालिङ, २८ भाद्र ।
वालिङ क्याम्पसका एक विद्यार्थीद्धारा जन्मोत्सवका अवसरमा क्याम्पसमा नेपालको झण्डा राखिएको छ । क्याम्पसका बिआईसिटि अध्ययनरत विद्यार्थी तथा रेडियो आँधीखोलाका प्राविधिक बविन पाठकले आफ्नो जन्मोत्सवको अवसरमा क्याम्पसको छतमा ४ फिट लामो नेपालको झण्डा राख्नु्भएको हो । 
 
क्याम्पसको सौन्र्दयता बढाउनका लागी जन्मदिनमा फजुल खर्च गर्नु भन्दा आँफू अध्ययनरत क्याम्पसमा झण्डा राखिएको पाठकले बताउनुभयो । हरेकले आफ्नो जन्मोत्सव तथा विषेश दिनहरुमा अनावश्यक फजुल खर्च गर्नुभन्दा केहि नबिन कार्य गर्नुपर्ने असाह्य असक्तहरुका लागी सहयोग पुग्ने कार्यमा लाग्नुपर्ने पाठकले बताउनुभयो । झण्डा राख्ने कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय सदस्य विश्वास लम्साल, क्याम्पसका स्ववियू सभापति सन्दिप कंडेलसहित क्याम्पसका प्रध्यापकहरु विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...