समाचार
वालिङलाई अपांगमैत्रि नगर घोषण गछौँ ः नगरप्रमुख खांण
रेडियो आँधीखोला
वालिङ, २८ भाद्र ।
वालिङ नगर प्रमुख कृष्ण खाँणले वालिङलाई अपांगमैत्रि नगर घोषण गर्ने बताउनुभएको छ ।
आफ्नो कार्यकालमा वालिङलाई अपांगमैत्रि नगर घोषणा गर्ने भन्दै यसका लागी जनप्रतिनिधि र अपांगताका लागी संगठित संघसंस्था मात्रै भएर नपुग्ने भन्दै आम नागरिक, बुद्धिजिवि, नागरिक समाज, पत्रकारलगायत सम्पुर्णको साथ र सहयोग आवश्यक रहने बताउनुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र द एशिया फाउण्डेशनको सहयोगमा स्थानीय सरकार सवलीकरण परियोजना अन्तर्गत स्याङ्जा अपाङ्ग समाजको साझेदारीमा वालिङमा संचालित अपाङ्गता समावेशी विकास कार्यक्रम अन्र्तगत बुधबार पत्रकार र जनप्रतिनिधिबीच अपांगताका क्षेत्रमा वालिङमा अहिलेसम्म भएगरेका प्रगति वितवरण सार्वजानिक कार्यक्रममा नगरप्रमुख खांणले यस्तो बताउनुभएको हो ।
अपांगताका क्षेत्रमा महशुस हुने गरी काम गर्ने भन्दै नगरप्रमुख खांणले भन्नुभयो, “अपांगमैत्रि नगरका लागी आवश्यक बजेट निति तथा कार्यक्रम बनाएर हामी अगाडि बढ्छौँ । बजेटमा गर्नुपर्ने काम, शुन्य बजेटमा पनि हुन सक्ने कामहरु वगीकरण गरेर प्राथामिकताको आधारमा बजेट विनियोजन गरी हामीले नगरलाई अपांगमैत्रि बनाउने योजनामा अगाडि बढेका छौँ ।” सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै हरेक विकास निर्माण र नगर वडालाई समृद्ध बनाउनका लागी साझा एजेण्डाहरु लिएर अगाडि बढ्नुपर्नेमा प्रमुख खांणको जोड छ ।
स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रम अन्तर्गत वालिङमा पैरवी समूह गठन गरिएसँगै अपाङ्गता सम्बन्धीका गतिविधिहरुमा क्रियाशील रहेको, समूहको आन्तरिक तथा सरोकारवाला पक्षहरुसँग अभिमुखीकरण कार्यक्रमहरु भईरहेको सन्र्दभमा बुधबार पत्रकार र जनप्रतिनिधिसंग छलफल गरिएको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेलले बताउनुभयो । यो कार्यक्रम सञ्चालन भएपछि सकरात्मक प्रभाव देखिएको कार्यक्रममा जानकारी गराईएको थियो ।
वालिङका जनप्रतिनिधि, साखा प्रमुखहरु तथा बजारहरुमा समेत आपंग व्यक्तिहरुलाई गर्ने व्यवहारमा सकरात्मक प्रभाव देखिएको स्याङ्जा अपाङ्ग समाजका निर्वतमान अध्यक्ष तथा वालिङका फोकल पर्सन युवराज पराजुलीले प्रस्तुत गर्नुभएको प्रतिवदेन मार्फत जानकारी दिईएको थियो । यस कार्यक्रमले अपांगता भएकाहरुको क्षमता विकास भएको, आफ्ना कुराहरु व्यक्त गर्न सक्ने भएको समेत फोकल प्रर्सन पराजुलीले बताउनुभयो । वालिङमा १ हजार २८१ विभिन्न प्रकारका अपांगहरु रहनुभएको छ ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले अपांगता व्यक्तिहरुको क्षमता विकासका लागी र उहाँहरुको दैनिक जिवनलाई सहज बनाउन राज्यले समेत प्रयास गरिरहेको भन्दै यसमा समाजले पालिकाहरुसंग समन्वय गर्दै अगाडि बढ्नु निकै सकरात्मक पक्ष रहेको बताउनुभयो । कार्यक्रम स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
परियोजनामार्फत वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरु यातायात ब्यवसायी, उद्योगी तथा ब्यापारी, वालिङ नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु लगायत विभिन्न पक्षहरुसँग अभिमुखीकरण कार्यक्रम गरिसकेको छ ।
कार्यक्रममा नगरपालिकाले सूचना प्रविकिो प्रयोग गरेर नगरपालिकालाई अपांगतामैत्रि बनाउन टेवा पुग्ने खालका कार्यक्रमहरु गरेको भन्दै समाजले नगरपालिका सूचना तथा प्रविधि साखालाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको छ । साखा प्रमुख प्रकाश अर्याललाई समाजले मायाको चिनो प्रदान गरेको थियो ।
यसअघि नगरपालिकालकाई समेत मायाको चिनो प्रदान गरिसकेको छ । यसैबीच वालिङ नगरपालिकाले अपांगमैत्रि बडापत्रको सुभारम्भ गरेको छ । श्रव्य, दृष्य सहितको नागरिक वडापत्र नगरपालिकाले शुभारम्भ गरेको हो । यसअघि डिजिटल बडापत्र राखेको नगरपालिकाले नगरपालिकाबाट प्रवाह हुने सेवा सविधाका बारेमा अपांगता भएका व्यक्तिहरुको सहजताको लागी अपांगमैत्रि वडापत्रको सुभारम्भ गरेको हो ।