अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी भन्ने नारासहित स्याङजामा पनि मनाईयो बालदिवस

news

 
रेडियो आँधीखाला
वालिङ, ३० भाद्र ।
बालबालिकामा लगानी ः सुनिश्चित भविष्यको थालनी भन्ने नाराका साथ हिजो राष्ट्रिय बाल दिवस मनाईएको छ । दिवसका अवसरमा स्याङ्जामा विभिन्न पालिका तथा विद्यालयले बालबालिका लक्षित कार्यक्रमहरु सम्पन्न गरेका छन् । 
यता वालिङ नगरपालिकामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । ५९ औँ राष्ट्रिय बाल दिवसको अवसरमा विद्यार्थीहरुको बीचमा प्रतियोगिता सम्पन्न गरिएको हो ।‘सुनिश्चित बाल अधिकारः शिक्षा विकासको आधार’ भन्ने शीर्षकमा प्रतियोगिता सम्पन्न गरिएको हो ।
कार्यक्रममा वालिङ नगरपालिका प्रमुख कृष्ण खाँणले बालबालिका देशका कर्णधार भएको बताउँदै बालविकासको लागि नगरले विशेष योजना तर्जुमा गरेको उल्लेख गर्नुभयो । बालबालिकामा गरिएको लगानी सफल सावित हुनेमा विश्वास व्यक्त गर्दै नगरप्रमुख खाँणले बालअधिकारको सुनिश्चित गर्दै बालमैत्री नगर निर्माणमा नगरपालिकाले आवश्यक सम्पूर्ण कदमहरु चालेको जानकारी दिनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले नगरको सुशासन विद्यालय तहबाट सुरु हुने बताउनुभयो । समाज र देश निर्माणको लागि सक्षम नागरिक निर्माणको लागि सुरुवातको चरण बालबालिका नै भएकोमा कुनै सन्देह नरहेको स्पष्ट पार्नुभयो ।
नगरले विद्यार्थीको क्षमता अभिवृद्धिको लागि आयोजना गरेका हरेक कार्यक्रममा सहभागिता जनाउन सम्पूर्ण विद्यालयहरुलाई आग्रह गर्दै उपप्रमुख गैह«ेले घरमा आफ्ना बालबालिकाहरुको लागि बालमैत्री वातावरण तय गर्नुपर्ने उल्लेख गर्नुभयो ।
प्रतियोगितामा वालिङका १८ वटा विद्यालयहरुका विद्यार्थीहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा उपल्लो पेखुका छात्रा सुजना थापा प्रथम, जनहित मा.वि.का पुजा तिवारी द्वितिय, पिसजोन इन्टिग्रेटेड एकेडेमीका सचिना चापागाई तृतिय तथा वालिङ बहुमुखी क्याम्पसका सुस्मिता नेपाली सान्त्वना भएका छन् । 
त्यस्तै भीरकोट नगरपालिकाले पनि बाल दिवसका अवसरमा गायन प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा पब्लिक एकेडेमी माविकी अस्मि परियार प्रथम, जनप्रिय माविकी अंकिता परियार द्धितिय, बालोदय माविकी पुष्पा थापा तृतिय र भाग्योदय माविका युगिना शर्मा सान्त्वना हुनुभएको छ । 
प्रतियोगिताका अवसरमा नगरप्रमुख गोविन्द कर्माचार्यले नगरका कोहि पनि बालबालिका आफ्नो अधिकारबाट वञ्चित नहुँने भन्दै बालमैत्रि नगरमा बालबालिकाको विकासका लागी नगरपालिकाले लगानी गरेको बताउनुभयो । यसैबीच वालिङका विभिन्न संस्थागत विद्यालयहरुले बालप्रतिभा उजागर गर्ने खालका विभिन्न कार्यक्रमहरु सम्पन्न गरेका छन् । 
यसैबीच बालदिवसको अवसरमा वालिङका बालवालिकाले लागुऔषध बिरुद्धको सचेतना ¥याली सहित प्रशिक्षण गरिएको छ ।  लागुऔषध प्रयोग गर्नेमा बढी युवायुवतीहरु देखिन थालेपछि यसको रोकथामका लागि बालवालिकाहरुले सचेतना ¥याली निकालेका हुन् । वारियर फ्याम्ली वालिङ स्याङ्जा नामक संस्थाको आयोजनामा राष्ट्रिय बालदिवसको अवसरमा वालिङका सामुदायीक र संस्थागत विद्यालयका विद्यार्थीहरु मार्फत लागुऔषध बिरुद्धको सचेतना अभियान गरिएको हो । आशा बढाऔं, आत्महत्या रोकौ, म मरेर होइन, गरेर देखाउछु भन्ने जस्ता नारा लिएर बालबालिकाहरुले बजार परिक्रमा गरेका थिए ।  
¥याली पछि वालिङ मोडमा गरिएको कोणसभामा वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक इकवाल हवारीले लागुऔषध सम्वन्धी नेपालको कानुनी अवस्था र यसबाट हुने प्रभावका बारेमा प्रशिक्षण दिनुभएको थियो । लागुऔषध प्रयोगले धेरै युवाहरु दलदलमा फसेकोले अबका भाइबहिनीहरु यस्तो कुलतकाममा नलागुन भन्ने उदेश्य राखेर यो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष बिजय गुरुङ्ले बताउनुभयो । 
वालिङमा अन्तरविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता
वालिङ ९ भुम्रे सामुदायिक भवनमा अन्तरिविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता शुरु भएको छ । वालिङ नगर बुद्धिचाल संघको आयोजनामा वालिङ नगर अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उद्दघाटन नगरप्रमुख कृष्ण खांणले उद्दघाटन गर्नुभयो । कार्यक्रममा नगरप्रमुख खांणले यस्ता प्रतियोगिताले विद्यार्थीहरुलाई थप बौद्धिक क्षमताको विकास गर्ने भएकाले समय समयमा यस्ता प्रतियोगिता आयोजना गर्नु सकरात्मक रहेको बताउनुभयो । स्मार्ट नगरको रुपमा अगाडि बढेको वालिङको शैक्षिक गतिविधि पनि स्मार्ट हुनुपर्ने भन्दै यहाँका नागरिकमा जबसम्म सकरात्मक चेतनाको विकास हुँदैन तबसम्म नगर स्मार्ट हुने नगर प्रमुख खांणले बताउनुभयो । 
नगरपालिकाले यस्ता सकरात्मक पक्षलाई सहयोग गर्ने भन्दै नगरको शैक्षिक विकासका लागी नगरपालिका चरणबद्ध योजनाका साथ लागि परेको नगरप्रमुख खांणले बताउनुभयो । कार्यक्रममा वडा नंं ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठ, वालिङ नगर बुद्धिचाल संघका खेल संयोजक रमेश कुमार श्रेठलगायतले बोल्नुभएको थियो । प्रतियोगितामामा नगरका १२ विद्यालयका १७ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय, सान्त्वना र पाँचौ हुँनेले क्रमश ७ हजार, ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित मेडल र प्रमाणत्रप प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल आज हुनेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...