अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा अन्तरविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ३१ भाद्र ।
वालिङ ९ भुम्रे सामुदायिक भवनमा अन्तरिविद्यालय स्तरीय बुद्धिचाल प्रतियोगिता सम्पन्न भएको छ । वालिङ नगर बुद्धिचाल संघको आयोजनामा वालिङ नगर अन्तर विद्यालय स्तरीय प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा पिसजोन ईन्टीग्रेटेड एकेडेमी ए समुह प्रथम, भुपूसैनिक मावि द्धितिय, पिसजोन इन्टीग्रेटेड एकेडेमीकै बि समुह तृतिय पुर्णामृत भवानी मावि शान्त्वना र अर्मादी आवसीय मावि पाँचौ भएका छन् । 
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार वितरण गर्दै वडा नंं ९ का अध्यक्ष शेरबहादुर श्रेष्ठले बुद्धिचाल खेललाई प्राथामिकता दिनुपर्ने बताउनुभयो । मतिष्कको विकास गर्ने यस्ता प्रकारका खेलहरुलाई स्थानीय तहबाट समेत प्राथामिकतामा राखेर समय समयमा यस्ता प्रतियोगिताको आयोजना गर्दा खेलाडिलाई थप प्रोत्साहन गर्ने वडा अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
कार्यक्रममा बुद्धिचाल संघका प्रदेश कोषाध्यक्ष प्रिती खनालले समेत बुद्धिचाल खेलका विषयमा आफ्ना धारणा राख्नुभएको थियो । कार्यक्रम वालिङ नगर बुद्धिचाल संघका अध्यक्ष गणेश तिवारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन जय भट्राईले गर्नुभएको थियो ।  प्रतियोगितामामा नगरका १२ विद्यालयका १७ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय, सान्त्वना र पाँचौ हुँनेले क्रमश ७ हजार, ५ हजार, ४ हजार, ३ हजार र २ हजार नगद सहित मेडल र प्रमाणत्रप प्राप्त गरेका खेल संयोजक रमेश कुमार श्रेठले जानकारी दिनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...