अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङ नगरपालिकाद्धारा शिक्षक तथा कर्मचारीलाई राजनितिक कार्यक्रममा संलग्न नहुँन अनुरोध, अटेर गरे कारबाही हुने

news

 
रेडियो आँधीखोला,
अशोज १ वालिङ ।
वालिङ नगरपालिकाले शिक्षक तथा निजामति कर्मचारीलाई कुनै किसिमको राजनितिक कार्यक्रममा संलग्न नहुँन अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख कृष्ण खांणले एक सूचना जारी गर्दै यहाँका शिक्षक तथा कर्मचारीलाई यस्तो अनुरोध गर्नुभएको हो । नगप्रमुख खांणद्धारा जारी गरिएको सूचनामा भनिएको छ । 
शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा ङ को ५ छ तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ संसोधन सहितको दफा १८ को उपदफा १ चमा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी, निजामती  सेवा ऐनको दफा ४४ मा निजामति कर्मचारीले कुनै राजनितिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था स्पष्ट रुपमा रहेको भन्दै यस्तो अनुरोध गरिएको हो । 
साथै नगरपालिका नगरकार्यपालिकाको यही भदौ २६ गतेको बैठक अनुसार विद्यालयमा कार्यरत शिक्षक कर्मचारी र निजामति कर्मचारीहरु कार्यालय समयमा कुनै पनि राजनितिक कार्यक्रमहरुमा संलग्न नहुने निर्णय गरेको हुँदा यो सूचना जारी गरिएको नगरपालिकाले जनाएको छ । यो निर्णय विपरित कार्य गरेको पाईएमा कानुन बमोजिम कारबाही हुने समेत नगरपालिकाले जनाएको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...