अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भिरकोट नगरद्धारा प्राविधिक शिक्षा अध्ययनका लागि ६ विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति

news

 
रेडियो आँधीखोला 
वालिङ, ३ असोज ।
स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छात्रवृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा अवस्थित आँधिखोला बहु प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन आइटी इन्जिनियरिङ अध्ययन गर्नका लागि २ वटा वडाका ६ जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर भएका र प्राविधिक शिक्षामा रुची भै आँधिखोला बहु प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन आइटी इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरूलाई पालिकाले पूर्ण छावृत्ती प्रदान गरेको हो । वडा नं ८ का ४ जना र ५ का २ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको नगर प्रवक्ता दिपेन्द्र के.सी. ले जानकारी दिनुभयो । वडा नं ८ का सुरुची जैसी, थमन गुरुङ, सुमन राना र महेश शर्मालाई छात्रवृत्तिको सुविधा पाएका छन्  ियसैगरी वडा नं ५ का रन्जु कुँवर र परी थापाले उक्त सुविधा प्राप्त गर्नुभएको छ  । 
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले पालिकामा प्राविधिक जनशक्तिको अभाव रहेको हुँदा विद्यार्थी र शिक्षालयको माग अनुसार नगर कार्यपालिकाको बैठकले पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको जानकारी दिनुभयो । “पालिकामा आवश्यक पर्ने जनाशक्ति प्राप्तिमा सहज होस् र उनीहरूले पनि सहज रूपमा रोजगारी प्राप्त गरून भन्ने उद्देश्यले पूर्ण  छात्रवृत्ति दिएको हो ।” नगर कर्माचार्यले भन्नुभयोे । 
प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले विद्यार्थीहरूको प्राविधिक शिक्षा अध्ययन गर्ने चाहना सहज रूपमा पूरा होस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । आँधिखोला बहु प्राविधिक शिक्षालयका शैक्षिक कार्यक्रम संयोजक नवराज पौडेलले जिल्ला भित्र प्राविधिक जनशक्तिको अभाव रहेकाले स्थानीय तहहरूलाई प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अनुरोध गर्ने गरिएको बताउनुभयो । शिक्षालयमा सबैभन्दा बढी वालिङ नगरपालिकाका विद्यार्थीहरू छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । उहांका अनुसार वालिङले हरेक वर्ष  २८ जना विद्यार्थीहरूलाई छात्रवृत्ति दिदै आएको छ शिक्षालयमा २३ जिल्लाका विद्यार्थीहरू अध्ययनरत छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...