अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सम्बन्धी अभिमुखीकरण

news

 
रेडियो आँधीखोला 
वालिङ, ३ असोज ।
वालिङमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सम्बन्धी अभिमुखीकरण शुरु भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्ष्ााँ महासाखा टेकू काठमाडौको आयोजनामा वालिङ नगरपालिकाको संयोजनमा आजदेखि तिनदिने अभिमुखीकरण कार्यक्रम शुरु भएको हो । 
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खांणले नर्सहरुलाई मुस्कान तथा करुणासहित सेवा दिन अनुरोध गर्नुभयो । आफ्नो काम र कर्तव्यमा दत्तचित्त भएर काम गर्नुपर्ने भन्दै जनताको मतका कारण आँफू यो स्थनामा रहेको भन्दै नागरिकको मन जितेर काम गर्ने जिम्मा जनप्रतिनिधिको भएको बताउनुभयो । कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रैले घरदैलो नर्सिङ सेवा कार्यक्रमले नागरिकको स्वास्थ्यमा धेरै परिर्वतन आउने भन्दै नजितामुखी काम गरेर नगरपालिकालाई नमुना बनाउने बताउनुभयो । 
नगरका नागरिक स्वस्थ भएमा सिंगो नगरपालिका स्वस्थ हुने भएकाले स्वास्थ्यको क्षेत्रमा पनि नगरपालिकाले उल्लेख्य कार्य गरेकाले यो कार्यक्रमलाई परिणामुखी बनाउन नर्सहरु तथा कर्मचारीहरुको पनि उत्तिकै हात रहेको बताउनुभयो । कार्यक्रममा नवनियुक्त १४ जना स्टार्प नर्सहरु सहभागि थिए । कार्यक्रममा नर्सिङ तथा सामुदायिक महासाखा बरिष्ठ नर्सिङ प्रशासक बाला राई, मेडिक मोबाईलका सिनियर प्रोजेक्ट म्यानेजर डा. निरज नकर्मी, नगरपालिका स्वास्थ्य साखा प्रमुख कमल पाण्डे, सूचना तथा प्रविधिक साखा प्रमुख प्रकाश अर्याललगायतले सहजीकरण गर्नुभएको छ । नर्सिङ अधिकृत बिना थापाले संचालन गर्नुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...