अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जा कारागारका छ कैदीबन्दीको सजाय मिनाहा

news

 
वालिङ, ४ असोज ।
संविधान दिवसको सन्दर्भ पारेर जिल्ला कारागार स्याङ्जाका छ कैदीबन्दीले कैद मिनाहा पाएका छन् । अदालतबाट तोकिएको कैद सजाय मध्ये ५० प्रतिशत कैद भुक्तान गरिसकेका र चालचलन ठीक भएका छ कैदीबन्दीलाई संविधान दिवसका अवसरमा सरकारले कैद मिनाहा गरेको हो ।
कैद मिनाहा हुनेमा तीन जना बहुविवाह, दुई जना डाँकाचोरी र एक जना सवारी ज्यान मुद्दाका रहेको जेल चूडामणि भण्डारीले बताउनुभयो । यहाँबाट १२ जनाको नाम कैद मिनाहाका लागि पठाएकोमा छ जनाको सिफारिस भएको जेलर भण्डारीले बताउनुभयो । डाँका चोरी मुद्दाका भीरकोटका मुम्मत बक्स मियाँको एक वर्ष पाँच महिना तीन दिन, फेदिखोलाका दिनेश कार्कीको एक महिना कैद सजाय माफी भएको हो ।
यस्तै, बहुविवाह मुद्दाका फेदिखोलाका ईश्वर कार्की र बिर्तामोड झापाकी कोपिला दर्जी सार्कीको समान चार महिना सात दिन तथा फेदिखोलाका जीवन कुमार कामीको तीन महिना १२ दिन कैद मिनाहा भएको भएको हो । यस्तै, सवारी ज्यान मुद्दाका रम्मा गाउँपालिका पाल्पाका नाम परिवर्तित एक जनाको सात महिना २० दिन कैद मिनाहा भएको भण्डारीले बताउनुभयो ।
१५ महिला र ३५ पुरुषको क्षमता रहेको स्याङ्जाको एक मात्र जिल्ला कारागारमा अब विभिन्न मुद्दा सात महिला र १५० परुषसहित १५६ बन्दी कैदी रहेका छन् ।
यता पहिलो पाईला नेपाल संस्थाद्धारा संविधान दिवसका अवसरमा वालिङ मोडमा दिप प्रज्वलन सम्पन्न भएको छ । समाजमा रहेका विपन्नहरुको लागी विभिन्न रचनात्मक कार्य गर्दै आएको संस्थाले संविधान दिवसका अवसरमा वालिङमा दिप प्रज्वलन गरेको हो । कार्यक्रममा निरज श्रेष्ठ, धना अर्यालले संविधानमा लेखिएका नागरिकका अधिकारहरु अक्षरस पालना हुनुपर्नेमा जोड दिनुभयो । पहिलो पाईला नेपालका कोषाध्यक्ष सुभाष कोईरालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...