समाचार
विश्व शान्ती दिवसका अवसरमा वालिङमा शान्ति ¥याली
रेडियो आँधीखोला
वालिङ, ५ असोज ।
विश्व शान्ती दिवसका अवसरमा वालिङमा शान्ति ¥याली गरिएको छ । आत्मज्ञान प्रचार संघ वालिङ केन्द बिहारथोकको आयोजनामा वालिङमा शान्ति ¥याली गरिएको हो । बिहारथोकबाट निकालिएको शान्ति ¥याली वालिङ मोड हुँदै रामबाच्छा, मिर्दि हुँदै भिआईपि टोल तल्लो वालिङबाट पुनः केन्द्रमा पुगेर पदयात्राको समापन गरिएको थियो ।
शान्ति ¥यालीमा सहभागिहरुले शान्ति संभव छ, सबै मानिसको हृदयमा शान्ति छ, शान्ति शब्द मात्रै होईन अनुभव गरिन्छ, मानिसलाई शान्तिको आवश्यकता छ, शान्ती आँफै भित्र छ लगायतका प्लेकार्डहरु प्रर्दशन गरेका थिए । चेतबहादुर थापाको संयोजकत्वमा पदयात्रा गरिएको हो ।
मन शान्ती राख्न सकिएमा समग्र जगतमा शान्ती हुने भएकाले आफ्नो आत्मलाई बुझ्न आवश्यक रहेको संयोजक थापाले बताउनुभयो । शान्तीकै कमीका कारण विभिन्न हिंसात्मक घटनाहरु घटिरहेको भन्दै शान्ती आवश्यक रहेको उहाँको भनाई छ ।