अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सम्बन्धी अभिमुखीकरण

news

 
रेडियो आँधीखोला
वालिङ, ५ असोज ।
वालिङमा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्ष्ााँ महासाखा टेकू काठमाडौको आयोजनामा वालिङ नगरपालिकाको संयोजनमा आयोजित तिनदिने अभिमुखीकरण कार्यक्रम विहिबार सम्पन्न  भएको हो । 
कार्यक्रमको समापनका अवसरमा नर्सिङ तथा सामुदायिक महासाखा बरिष्ठ नर्सिङ प्रशासक बाला राइले वालिङका हरेक कार्य प्रशंसनीय रहेको भन्दै आगामी दिनमा पनि केन्द्रिय तहबाट वालिङलाई कार्यक्रमहरु पार्ने विषयमा यो पालिका प्रमुख प्राथामिकतामा रहेको बताउनुभयो । तालिमले सहभागि सबैमा हौसला प्राप्त भएको भन्दै वालिङलाई सिकाई केन्द्रको रुपमा विकास गरी धेरैको आर्कषणको केन्द्र बनाउने नगरप्रमुख कृष्ण  खांणले बताउनुभयो । 
कार्यक्रममा नवनियुक्त १४ जना स्टार्प नर्सहरु सहभागि थिए । अभिमुखीरकण कार्यक्रममा कार्यक्रममा नर्सिङ तथा सामुदायिक महासाखा बरिष्ठ नर्सिङ प्रशासक बाला राई, मेडिक मोबाईलका सिनियर प्रोजेक्ट म्यानेजर डा. निरज नकर्मी, नर्सिङ अधिकृत बिना थापा, इ. प्रज्ववल श्रेष्ठ र आयुष डुमरु, नगरपालिका स्वास्थ्य साखा प्रमुख कमल पाण्डे, सूचना तथा प्रविधिक साखा प्रमुख प्रकाश अर्याललगायतले सहजीकरण गर्नुभएको छ । कार्यक्रमको समापन नगरप्रमुख कृष्ण खांणको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन स्वास्थ्य साखाप्रमुख कमलप्रसाद पाण्डेले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...