अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयमा पठनपाठन प्रभावित

news

 
रेडियो आँधीखोला
वालिङ, ५ असोज ।
शिक्षक आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित बनेको छ । सामुदायिक विद्यालयमा अध्यापन गराउने शिक्षकहरु केन्द्रिय तहको आन्दोलनमा उत्रिएपछि अहिले सामुदायिक विद्यालयहरु बन्द रहेका छन् । यसैबीच आज वालिङ नगरपालिका परिसरमा आन्दोलनको ऐक्यवद्धता स्वरुप शिक्षकहरु भेला भएका थिए । काठमाडौ आन्दोलनमा सहभागि नभएका वालिङका शिक्षकहरुले नगरपालिकामा भेला भएर ऐक्यवद्धता जनाएका हुन् । वालिङमा ७२ सामदुायिक विद्यालयहरु रहेका छन् । ति विद्यालयमा अध्यापन गराउँने शिक्षकहरु काठमाडौ आन्दोलनमा छन् भने आन्दोलनमा नगएकाहरु पनि नगरपालिका परिसरमै ऐक्यवद्धता जनाएका हुन । 
स्याङ्जाका ११ वटै पालिकामा सामुदायिक विद्यालय बन्द रहेका छन् । जिल्ला शिक्षा समन्वय प्रमुख विश्वराज आचार्यका अनुसार विद्यालय संचालन भएको भन्ने कुनै जानकारी आएको छैन् । स्याङ्जामा १ देखि ५ सम्मका २५७, ६ देखि ८ सम्मका ४९, ९ देखि १० सम्मका ६७ र कक्षा ११ देखि १२ का ८० सामुदायिक विद्यालय संचालनमा छन् । ति विद्यालयमा दरबन्धीमा प्रावि तहमा १६२०, निमाविमा ४३०, माविमा ४३४, कक्ष्ााँ ११ १२ मा १३५ले अध्यापन गराउँदै आएका छन् भने रहतमा प्राविमा १३५, निमावीमा १३६, माविमा १२४ शिक्षकहरु कार्यरत रहेको जिल्ला शिक्षा समन्वय कार्यालयले जनाएको छ ।  संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा अहिले देशभरका सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित भएका हुन् । नेपाल शिक्षक महासंघको नेतृत्वमा अहिले शिक्षकहरु आन्दोलनमा रहेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...