समाचार
वालिङमा सामुदायिक कुकुहरुलाई रेबिज विरुद्ध खोप लगाईने
रेडियो आँधीखोला
वालिङ, ६ असोज ।
वालिङमा सामुदायिक कुकुहरुलाई रेबिज विरुद्ध खोप लगाईने भएको छ । सत्रौ विश्व रेविज दिवसको अवसर पारेर यहाँका सामुदायिक कुकुहरुमा रेबिज विरुद्धको खोप लगाउने नगरपालिकाले जनाएको छ। एकको लागी सबै सबैको लागी एक स्वास्थ्य भन्ने नाराका साथ रेबिज रोग नियन्त्रणका लागी सामुदायिक कुकुर विरालोहरुमा भोलीदेखि ११ गतेसम्म सप्ताहव्यापि खोप लगाउने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।
नगरबासीहरुले आफ्नो टोलमा रहेका सामुदायिक कुकुहरुलाई खोप लगाउन आउने प्राविधिकहरुलाई आवश्यक सहयोग गर्न पनि आग्रह गरेको छ । पछिल्लो समय बौलाह कुकुरले टोकेर केहि मानिस घाईते पनि भएका छन् । वालिङ ६ मा बौलाह कुकुर्ले टाकेर ४ जना घाईते भएका थिए भने कुकुरले पशु चौपायलाई समेत आक्रमण गरेको छ । यसरी सामुदायिक कुकुरहरुको टोकाईबाट नागरिकलाई दुख दिईरहेका बेला यो रेबिज विरुद्ध सप्ताहव्यापि कार्यक्रमले केहि टेवा पुग्ने देखिएको छ । आफ्ना घरपालुवा कुकुर विरालोलाई पनि समय समयमा रेबिज विरुद्धको खोप लगाउनुपर्नेछ । समुदायमा रहेका कुकुरहरुलाई रेबिज विरुद्ध खोप लगाउने कार्यक्रमले बौलाह कुकुर नियन्त्रणमा पनि टेवा पुग्ने देखिन्छ ।