अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

नेपाल आर्दश माविद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, ७ असोज ।
नेपाल आर्दश माविले कक्षा ११ का विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । शनिबार वालिङ ८ को सुभम पार्टी प्यालेसमा सम्पन्न अभिमुखीकरण कार्यक्रममा मिराकल एजुकेशनल फाउण्डेसन तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष शंकर डुम्रेले नेपाल आर्दश माविले बढ्दो सूचना तथा प्रविधिका युगमा अन्तराष्टिय जगतमा प्रतिष्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने गरी समय सापेक्ष अध्ययनको व्यवस्था मिलाएको भन्दै आधुनिक प्रविधिको प्रयोग गरी अध्ययनलाई प्रभावकारी बनाईएको बताउनुभयो । विद्यालयले आवश्यक वातावरणको सृजना गरेको भन्दै यसका लागी विद्यार्थी समेत लगनशिल हुनुपर्ने भन्दै नेपाल आर्दश विद्यालय खेलमैत्रि, शैक्षिक वातावरणमैत्रि हुँदै गएकाले धेरै विद्यार्थीको आर्कषणको केन्द्र बनेको अध्यक्ष डुम्रेले बताउनुभयो । 
कार्यक्रममा विद्यालयका संरक्षक धु्रवप्रसाद शर्मा पंगेनीले नेपाल आर्दश माविकै उत्पादनले विद्यालयलाई नयाँ संरचनाका साथ विद्यालयलाई अगाडि बढाएको भन्दै देशका विभिन्न निकायमा यहाँका विद्यार्थीले नेतृत्व गरेको बताउनुभयो । विद्यार्थीहरुलाई शहनसील र लगनशिल भएर अध्ययनमा लाग्न आग्रह गर्दै अवको आर्दशको बाघडोर सम्हाल्ने नेतृत्व यही विद्यार्थीहरु मध्येबाट हुनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रिन्सीपल होमकान्त गौतम र क्याम्पस निर्देशक दिपक लम्साल, भाईस प्रिन्सीपल तथा भाईस क्याम्पस प्रमुख शेषकान्त कंडेल अर्जुनले बढ्दो आधुनिक प्रविधिको समयमा अध्ययनमा थप लगाब दिन विद्यार्थीलाई आग्रह गर्दै अभिमुखीकरणमा सहजीकरण गर्नुभएको थियो । 
कार्यक्रममा क्याम्पसको संचालक समिति सदस्यद्धोय नवराज गैह्रे, बालकृष्ण सुवेदी, प्रध्यापक पिताम्बर पौडेलगायतले बोल्नुभएको थियो । कार्यक्रम कक्षा १२ की छात्रा सदिक्षा रेग्मीको सभापतित्वमा सम्पन्न भएको थियो भने संचालन कक्षा १२ का विद्यार्थी अंकित उपाध्याय आचार्य र अन्जना पंगेनीले गर्नुभएको थियो भने कार्यक्रमको संयोजन सहप्रध्यापक दिपक पराजुलीले गनुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...