अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

स्याङजामा बिमा अभिकर्तालाई लघुबीमा तालिम

 
वालिङ, ८ असोज ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले लघु बिमा सम्बन्धी तीन दिने आधारभुत बिमा अभिकर्ता तालिम स्याङ्जामा सम्पन्न गरेको छ । गत असार २२ गतेदेखि कारोबार संचालन गरेको कम्पनीले ३ दिनसम्म पुतलीबजार स्याङ्जामा तालिम सम्पन्न गरेको हो ।
कम्पनीले लघु बिमा व्यवसाय अभिवृद्धिका साथै स्वरोजगारको अवसर सृजना गर्ने उद्देश्यका साथ तालिम संचालन गरेको हो । उक्त तालिममा ३५ जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो । कार्यक्रममा क्षेत्रीय प्रबन्धक प्रकाश लामिछानेले प्रशिक्षण र गार्डियन माइक्रो इन्स्योरेन्सकी स्याङ्जा ब्रान्च म्यानेजर राम माया अधिकारीले गर्नुभएको थियो ।
तालिम प्रशिक्षक क्षेत्रिय प्रबन्धक प्रकाश लामिछानेले लघु बीमाको परिचय, लघु बीमा व्यवसायको बर्तमान अवस्था र चुनौति देखि यस क्षेत्रको विकास र विस्तारको साथै बिमाको विभिन्न पोर्टफोलिओ, अभिकर्ताले बिमा क्षेत्रमा खेल्नुपर्ने भुमिका लगायत बीमा सम्बन्धीका विषयमा प्रशिक्षण दिनुभएको थियो । तालिम नेपाल बिमा प्राधिकरणले लघु बीमा कम्पनीहरुलाई तोकेको मापदण्ड अनुसार संचालन गरिएको कम्पनीले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...