अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

चीनको एक कोइला खानीमा आगलागी, १६ जनाको ज्यान गयो

news

 

  असोज ८,  चीनको दक्षिणपश्चिमी क्षेत्र क्विचोमा रहेको शान्जियाओशु कोइला खानीमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ ।

राजधानी बेइजिङबाट झण्डै तीन हजार ६ सय किलोमिटर दक्षिणपश्चिममा रहेको कोइला खानीमा आगलागी भएको हो ।

सामान बोक्न जोडिएको घिर्नीलाई घुमाउने फित्तामा आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ । सुरक्षा सावधानी नअपनाउँदा चीनमा पटक पटक कोइला खानीमा आगलागी हुने गरेको छ ।

पछिल्लोे समय भने खानी क्षेत्रको सुरक्षामा सुधार हुँदै गएको तर, नियम उल्लङ्घनका कारण दुर्घटना हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...