अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङमा जिल्ला स्तरीय बिउविजन अन्र्तक्रिया गोष्ठी तथा समन्वय बैठक

news

 
रेडियो आँधीखोला
वालिङ, ९ असोज ।
जिल्ला स्तरीय बिउविजन अन्र्तक्रिया गोष्ठी तथा समन्वय बैठक वालिङमा सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जा र कृषि विकास स्रोत केन्द्र स्याङ्जाको आयोजनामा सोमबार वालिङमा रहेको कृषि विकास स्रोत केन्द्र वालिङमा गोष्ठी गरिएको हो । कार्यक्रममा कृषि निर्देशनालय गण्डकी प्रदेशका कृषि महानिर्देशक बासुदेव रेग्मीले बिउको गुणस्तरीयतामा जोड दिन आग्रह गर्दै आयात घटाउँदै निर्यात बढाउनुपर्ने बताउनुभयो । राम्रा जातको बिउ उत्पादनमा जोड दिँदै महानिर्देशक रेग्मीले गुणस्तरीय बिउ उत्पादन गरी यहाँबाट निर्यात बढाउनका लागी जिल्ला र प्रदेशले सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्र प्रमुख विनोद हमाल, सुन्तला सुपरजोन स्याङ्जा प्रमुख माधव लम्साल, कृषि स्रोत विकास केन्द्रका वालिङ प्रमुख सुदिप रेग्मी, वालिङ पोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ल्या.यामबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । जिल्लाभरीका बिउ उत्पादक किसान तथा समुह सहकारीहरुको सहभागिता रहेको गोष्ठीमा बिउमा एकरुपता ल्याउने विषयमा छलफल भएको थियो । 
बैठकले विभिन्न जातका बिउहरुको मुल्य निर्धारण गरेको छ । बिउको मुल्यमा एकरुपता बनाई विभिन्न जातको बिउको बिक्रि वितरण सहज तथा व्यवस्थित बनाउने उद्देश्यले यो अन्र्तक्रियाको आयोजना गरिएको हो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...