अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नगरविकास कोष र वालिङ नगरपालिकाबीच सम्झौता–नुमना बसपार्क बन्ने

news

 
रेडियो आँधीखोला
वालिङ, ९ असोज ।
व्यवस्थित सवारी पार्किङको समस्या भोगिरहेको वालिङको समस्या समाधान हुने भएको छ । वालिङ बजारको शितलनगरमा आधुनिक बसपार्कको निर्माणको लागि नगरपालिकाले नगरविकास कोषसँग सम्झौता गरेसँगै समस्या समाधान हुने भएको हो ।
सोमबार नगरविकास कोषसँग कुल १२ करोड २७ लाख ५७ हजार रुपैयाँको सम्झौता भएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।नगर प्रमुख खाँणका अनुसार कुल सम्झौता रकममध्य नगरविकास कोषसँग ६ करोड ७५ लाख १६ हजार ३ सय ५० ऋण लिइएको हो भने नगरपालिकालाई १ करोड २२ लाख ७५ हजार ७ सय रुपैयाँ नगरविकास कोषबाट नै अनुदान प्राप्त भएको हो । त्यसैगरी  ४ करोड २९ लाख ६४ हजार ९सय ५० रुपैयाँ वालिङ नगरपालिकाले लगानी गर्नेछ ।
देशकै स्मार्ट सिटीको नामले परिचित वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बनेको थियो ।सवारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भैसकेको अवस्थामा यो सँगै बसपार्क निर्माणको कामले सार्थकता पाउने भएको छ । 
सम्झौता कार्यक्रमपछि नगरप्रमुख कृष्ण खाँणले स्मार्ट सिटीको नामले परिचित वालिङमा बसपार्कको समस्या छ भन्न पनि अफ्ठ्यारो हुने अवस्था अन्त्य भएको उल्लेख गर्नुभयो । उहाँले व्यवस्थित बसपार्क निर्माण भएपछि नागरिकले निर्वाध हिडडुल गर्न पनि नपाएको अवस्था टर्ने विश्वास व्यक्त गर्नुभयो ।
नमुना बसपार्क निर्माणको लागि शहरी विकास कोषको ९० प्रतिशत तथा  वालिङ नगरपालिकाको १० प्रतिशत  लगानीमा डीपीआर तयार भएको थियो । 
नमुना बसपार्कको टर्मिनल भवन,घेरा पर्खाल,वर्कशप,आन्तरिक बाटो लगायत सम्पूर्ण निर्माणको लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । यसको लागि शहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुनेछ । 
निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिनेछ । जीप,मिनीबस,माइक्रोबस लगायतका छोटो दुरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दुरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा,निजी सवारी कारहरु २० वटा अटाउनेछन् ।
बसपार्क निर्माणको लागि यसै आर्थिक वर्षमा टेण्डर आह्वान हुने नगरपालिकाका एन्जिनियर ध्रुव रेग्मीले जनाकारी दिनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...