अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

कालीगण्डकी गल्याङ यातायात प्रालिद्वारा पुर्व अध्यक्ष र उत्कृष्ट व्यवसायीलाई सम्मान

news

 
रेडियो आँधीखोला
वालिङ, ११ असोज ।
कालीगण्डकी गल्याङ यातायात प्रालिले पुर्व अध्यक्ष र उत्कृष्ट यातायात व्यवसायीलाई सम्मान गरेको छ । बिजया दशमी तथा शुभ दिवावली २०८० को पावन अबसरमा आयोजित कार्यक्रममा पुर्ब अध्यक्ष र उत्कृष्ट यातायात ब्यबसायीलाई सम्मान गरेको हो । शुभकामना आदनप्रदान तथा सम्मान कार्यक्रममा गरिमा बिकास बैकका अध्यक्ष एंव कालीगण्डकी गल्याङ यातायात प्रालिका पुर्ब अध्यक्ष श्याम प्रसाद बस्यालले ब्यबसायीको सुरक्षा हकहितको लागि प्रालि सदैब लागिपरेको बताउनुभयो । आगामी दिनमा यात्रालाई सुरक्षीत तरिकाले लैजान ब्यबसायीलाई बस्यालले आग्रह गर्नुभयो ।
कार्यक्रम सस्थापक अध्यक्ष शकरदेब अधिकारी, जिल्ला यातायात समन्वय समितीका सल्लाहकार महेन्द्र श्रेष्ठ, गल्याङ प्रहरी चौकीका प्रमुख यामनाथ बगाले लगायतले चाडवाडका बेला यात्रुहरुको धेरै भिडभाड हुनेहुँदा सुरक्षित यात्रा गराउन आग्रह गर्नुभयोे । कार्यक्रममा स्वागत प्रालीका संचालक चिन्तामणी अर्याल र सन्चालन बिष्णु अधिकारी गर्नुभएको थियो । कार्यक्रममा उत्कृष्ट यातायात ब्यबसायी रिम बहादुर सारु र खेमानन्द न्यौपाने लाई सम्मान गरिएको थियो भने सस्थापक अध्यक्ष शकर प्रसाद अधिकारी, पुर्ब अध्यक्ष श्याम प्रसाद बस्याल, निबर्तमान अध्यक्ष सुर्य प्रसाद चापागाईं लाई सम्मान गरिएको थियो ।
गल्याङ् क्षेत्रबाट बिभिन्न क्षेत्रमा जाने सवारी साधनको व्यवस्थापन कालीगण्डकी गल्याङ यातायात प्रालिले गर्दै आएको छ । जिल्लाकै पुरानो व्यवसायी मध्ये यो प्रालिले यात्रुहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...