अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

म्याद गुज्रेका वस्तु बिक्रि नगर्न वालिङ उद्योग वाणिज्य संघको अनुरोध

news

 
रेडियो आँधीखोला
वालिङ, ११ असोज ।
वालिङ उद्योग वाणिज्य संघले व्यापारी तथा व्यवसायीहरुलाई म्याद गुज्रेका वस्तु बिक्रि वितरण नगर्न आग्रह गरेको छ । नेपालीहरुको महान पर्व दशैँ तिहार नजिकिरहेका बेला संघले मुल्य सूचि अनिवार्य राख्न र उपभोग्य म्याद गुज्रेका वस्तु विक्रि नगर्न आग्रह गरेको हो । व्यापार व्यवसाय गर्दा उपभोक्ताहरुको स्वास्थ्य लाई समेत मध्यनजर राख्नुपर्ने भन्दै स्वच्छ प्रतिष्पर्धा गरी व्यापार व्यवसाय गर्न आग्रह गर्दै आईएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले बताउनुभयो । 
अनावश्यक जरीवानाबाट बच्न उद्योग वाणिज्य संघले समय समयमा विभिन्न अभिमुखीकरण तालिम दिँदै आएको भन्दै चाडपर्वको समयमा कृत्रिम अभाव सृजना नगर्न आग्रह गर्दै उपभोक्ता र व्यापारीको सुमधुर सम्बन्धले मात्रै आर्थिक गतिविधि चलायमान हुने भएकाले स्वच्छ प्रतिष्पर्धा गर्न आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 
पसलमा विक्रि हुने वस्तुहरुको आफूले बेच्ने मूल्यसुचि अनिवार्य रुपमा देखिने गरी टाँस्न र दैनिक अपडेट गर्न आग्रह गरिएको छ । साथै वस्तु विक्रि वितरण गर्दा अन्तिम उपभोग्य मिति नाघेका वस्तुको विक्रि वितरण नगर्न आग्रह गर्दै त्यस्ता वस्तु कम्पनीमै फिर्ता गर्न अलग्गै राख्नुपर्ने भन्दै हरेक आर्थिक वर्षको तिर्नुपर्ने आय विवरण एवं आयकर यहि साउन मसान्तभित्रै बुझाउन र सम्बन्धीत सहजीकरणका लागी संघको कार्यालयमा सम्र्पक गर्न भनेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...