अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भिरकोटका सेवा निवृत्त शिक्षकहरुलाई सम्मान

 
रेडियो आँधीखोला
वालिङ, १२ असोज ।
भीरकोटका सेवा निवृत्त शिक्षकहरुलाई सम्मान गरिएको छ । सेवा निवृत्त शिक्षक मञ्च भीरकोटले गत वर्ष र यसवर्षमा शिक्षक पेसाबाट सेवा निवृत्त भएका शिक्षकहरुलाई एक कार्यक्रमका बीच सम्मान गरेको हो । 
कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले शिक्षक पेसाबाट निवृत्त भएपनि समग्र भीरकोटको विकास र शैक्षिक क्षेत्रलाई अगाडि बढाउन  सेवा निवृत्त शिक्षकहरुको आवश्कता रहने बताउनुभयो । आफ्नो पेसाबाट निवृत्त भएपनि शिक्षकहरुको बौद्धिकता र अनुभवको उपयोग गरी भीरकोटको समग्र समृद्धिका लागी नगरपालिकाले सेवा निवृत्त शिक्षकहरुसंग सँधै हातेमालो गर्दै आगाडि बढ्ने नगरप्रमुख कर्माचार्यले बताउनुभयो । 
कार्यक्रममा उपप्रमुख भगवती अर्यालले शिक्षक समाजको दियो भएकाले सेवाबाट अवकास प्राप्त भएपनि हरबखत समाज र नगरका लागी शिक्षकहरुको साथ र सहयोग सँधै रहने अपेक्षा व्यक्त गर्नुभयो । कार्यक्रममा निर्वतमान नगरप्रमुख छायाराम खनाल, निर्वतमान उपप्रमुख सिमा केसीकर्माचार्य, नगरप्रवक्ता दिपेन्द्र केसी, वडा नं. ७ का वडा अध्यक्ष ताराप्रसाद अर्याललगायतको सहभागिता रहेको नगरप्रमुखका स्वकिय सचिव आयुष पौडेलले जानकारी दिनुभयो । कार्यक्रम मञ्चका अध्यक्ष खेम केसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सदस्य नारायणप्रसाद अर्यालले गर्नुभएको थियो । गत वर्ष ६ जना र यसवर्ष ३ जना गरी ९ जना सेवा निवृत्त शिक्षकहरुलाई मंचले सम्मान गरेको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...