अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

उपकार सहकारीद्वारा पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, १२ असोज ।
स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम सम्पन्न गरेको छ । सहकारीले यही आश्विन ३० गते हुने नवौं अधिवेशन लक्षित पूर्व नेतृत्व क्षमता अभिवृद्धि सम्बन्धी दुइदिने तालीम सञ्चालन गरेको हो ।
 
संस्थाको मुख्य कार्यालयको हलमा सञ्चालित तालीममा ६४ जना सहभागी भएका थिए । सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै सहकारीका कार्यबाहक अध्यक्ष लक्ष्मीपति पौडेलले संस्थाको सञ्चालक समिति र लेखा तथा सुपरिवेक्षण समितिमा उमेदवार बन्नका लागि पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम अनिवार्य लिएको हुनुपर्ने व्यवस्था भए बमोजिम तालीम सञ्चालन गरिएको बताउनुभयो ।
 
तालीमको सहजिकरण सहकारीहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड ( नेफ्स्कुन ) का प्रशिक्षक सूर्यप्रसाद तिमिल्सिनाले गर्नुभएको थियो । २०५० सालमा स्थापना भएको सहकारीको ३१ औं वार्षिक साधारणसभा तथा नवौं अधिवेशन आश्विन २९ र ३० गते हुने भएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...