समाचार
रोट्रयाक क्लब अफ वालिङको सभा सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १३ असोज ।
रोट्रयाक क्लब अफ वालिङको क्लब सभा वालिङमा सम्पन्न भएको छ । कार्यक्रममा रोटरी क्लब अफ वालिङका अध्यक्ष सिता पाण्डे डुम्रेले रोट¥याक क्लब अफ वालिङले विभिन्न सामाजिक तथा रचनात्मक कार्य गर्दै आएको र यस्ता कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभयो । क्लबलाई सहज रुपमा अगाडि बढाउन एक जना व्यक्तिको प्रयासले मात्रै नहुँने भन्दै सिंगो क्लब सक्रिय हुनुपर्ने र क्लबका लागी आवश्यक सहयोग गर्न रोटरी क्लब हरबखत तयार रहेको बताउनुभयो ।
कार्यक्रममा रोट¥याक क्लब अफ वालिङका अध्यक्ष किशोर पाठकले क्लबले थोरै समयमा नै धेरै कार्यहरु गरेको भन्दै प्रत्येक कार्यक्रम सफल बनाउन सहयोग क्लबका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद दिनुभयो । साथै अध्यक्ष पाठकले आगामी योजनाहरुको बारेमा जानकारी गराउँदै रोट¥याक क्लब अफ वालिङले युवाहरुलाई सत्कर्ममा लाग्न अभिप्रेरित गर्ने बताउनुभयो । कार्यक्रममा स्वागत सदस्य आयुष्मा काफ्ले र संचालन क्लबका सर्भिस प्रोजेक्ट चियर पर्सन बविन पाठकले गर्नुभएको थियो ।