अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

भेषजराज साहित्य प्रतिष्ठान वालिङको नियमित रचना वाचनको ६५ औं श्रृंखला

news

 
रेडियो आँधीखोला
वालिङ, १४ असोज ।
भेषजराज साहित्य प्रतिष्ठान वालिङको नियमित रचना वाचनको ६५औँ श्रृंखला शनिबार सम्पन्न भएको छ । भेषजराज शर्माकै निवास परिसर वालिङ ११ पेखुमा शनिबार नियमित रचना वाचन गरिएको हो । कार्यक्रममा स्व. भेषजराज शर्माको २१औँ स्मृति दिवसका अवसरमा शनिबार उहाँको घरमै रचना वाचन कार्यक्रम गरिएको प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालले बताउनुभयो । कार्यक्रममा वडा नं. ११ का अध्यक्ष डण्डपानी पंगेनीले आँफू साहित्यीक व्यक्तिको वडाले परिचित हुँदा पाउँदा निधै गर्व लागेको बताउनुभयो । साहित्यको माध्यमबाट समाजलाई सहि मार्गमा हिँडाउन सहयोग गर्ने भन्दै प्रतिष्ठानले हरेक महिना फरक फरक स्थानमा यस्ता कार्यक्रम गरी साहित्यको संरक्षण तथा संर्वद्धन गर्दै आएको बताउनुभयो ।  
कार्यक्रममा लेखनाथ काफ्ले, दमकुमारी बगाले, शम्भु अर्याल, कमल बगाले, धु्रव शर्मापंगेनी, मिलन समिर र यमकान्त खनालले आ–आफ्ना रचना वाचन गर्नुभएको थियो । कार्यक्रममा ईतिहास खोजकर्ता हरि ढकाल, वडा सदस्य आनन्दकुमार खांण, भेषजराजका दाईका छोरा उमेश अर्याल, भाउजु लिलावति अर्याल, संस्थापक अध्यक्ष डा. अच्युतशरण अर्यालले ६५औँ रचना वाचन संगै प्रतिष्ठानले गर्ने गरेका हरेक साहित्यीक कार्यक्रमहरुको बारेमा चर्चा गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सदस्य लेखनाथ काफ्ले र संचालन सचिव श्यामप्रसाद ढुंगानाले गर्नुभएको थियो । स्व.भेषजराज शर्माको २०५९ अशोज १४ गते अर्वुद्ध रोगको उपचारकै क्रममा आफ्नै निवासमा निधन भएको थियो भने पत्नी विन्दुकुमारी शर्माको पनि २०७० मा निधन भएको हो । शर्मा दम्पत्तिको आफ्ना सन्तान भने जन्मिएका थिएनन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...