अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

सरस्वती आधारभुत विद्यालय वालिङ ५ मिनाङ्कोटको पुरस्कार वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, १५ असोज ।
सरस्वती आधारभुत विद्यालय वालिङ ५ मिनाङ्कोटको पुरस्कार वितरण तथा छात्रावृत्ती प्रदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयले शैक्षिक वर्ष ७९ ÷८० मा उत्तीर्ण विद्यार्थीहरुलाइ छात्रावृत्ती तथा पुरस्कार वितरण गरेको हो । कार्यक्रममा वडा अध्यक्ष छवि आलेले विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागी वडा कार्यालय प्रतिवद्ध रहेको बताउनुभयो । सामुदायिक विद्यालयका शैक्षिक गुणस्तरका लागी अभिभावक, शिक्षक र विद्यार्थीको सम्बन्ध सुमधुर हुनुपर्ने वडा अध्यक्ष आलेले बताउनुभयो ।
कार्यक्रममा बिधालयका प्रअ खुमप्रसाद रेग्मिले ४५ लाख २ हजार ५ सय २ रुपैया ९४ पैसा बराबरको वार्षिक आयव्याय प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा पुर्व गाबिस अध्यक्ष नरप्रसाद रेग्मी, कार्यपालिका सदस्य जुनु थापा,  पुर्व बिधालय व्यवस्थापन समिति अध्यक्ष गुमान गुरुङ र राजेन्द्र बहादुर के सि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 
विधालय व्यवस्थापन समितिका अध्यक्ष श्याम बहादुर खड्काको अध्यक्षता र संचालन शिक्षिका दिनु माया गुरुङ र पुन्य गुरुङले गर्नु भएको त्यहाँबाट तिलक गुरुङले जानकारी दिनुभएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...