अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङ बहुमुखी क्याम्पसमा आईटी उद्यमीहरुसंग अन्र्तक्रियात्मक कार्यक्रम

news

 
रेडियो आँधीखोला
वालिङ, असोज ।
वालिङ बहुमुखी क्याम्पसमा आईटी उद्यमीहरुसंग अन्र्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । क्याम्पसका बिआईसिटिइ, बिबिएस र बिएडमा अध्ययनरत विद्यार्थीहरुका लागी आईटी उद्यमीहरुसंग अन्र्तक्रिया गरिएको हो । 
अन्र्तक्रियामा अभियान्ता दिनकर नेपालले सहजीकरण गर्नुभएको थियो । सहजीकरणका क्रममा नेपालले विदेशमा मात्रै नभई नेपालमा पनि आईटिको संभावना धेरै रहेको भन्दै केहि गर्छु भन्ने आँट गर्नुपर्ने बताउनुभयो । साथै उहाँले सटिर्फिकेटसंगै काम गर्ने सिप अनुभव र क्षमताको महत्वपुर्ण भुमिका रहेको भन्दै कुनै पनि व्यक्ति सफल हुनका लागी योजना आवश्यक रहने बताउनुभयो । 
कार्यक्रममा अर्को सहजकर्ता आईटि उद्यमी विवेक कोईरालाले नेपालमै बसेर विभिन्न देशहरुसंग सहकार्य गरेर आईटिका कामहरु गर्दै आएको बताउनुभयो । साथै कोईरालाले स्याट्रोफाइनान्स, जेबेक कम्पनी र भरसाँची जस्ता कम्पनीहरु संचालन गरेर धेरै युवाहरु आईटिप्रति आर्कषित गर्दै आएको बताउनुभयो । साथै यो कार्यक्रम मार्फत विद्यार्थीहरुलाई आईटि उद्यमशीलतर्फ आर्कषित गराउनका लागी भुमिका खेल्नुहुने अभियन्ता नेपाल लगायतको टिमलाई क्याम्पसका सहायक क्याप्रध्यापक विष्णु सुवेदीले धन्यवाद दिनुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...