अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुग्यो

news

 

असोज १५, स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर ज्यान गुमानेको सङ्ख्या १३ पुगेको छ ।

आइतवार बिहान मर्सिया सहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको थियो ।

प्रहरीका अनुसार १४ जना अझै बेपत्ता छन् ।  त्यसैले ज्यान गुमाउनेको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको बिबिसीले जनाएकोे छ । मर्सियाका मेयर जोसे बालेस्टाले आगलागीबाट ठूलो मानवीय क्षति व्यहोरेको बताउनुभयो ।

स्थानीय अधिकारीका अनुसार ४० जना अग्निनियन्त्रकले घटनास्थलमा काम गरिरहेका छन् र भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...