समाचार
वालिङ ५ पित्लेकमा हाते ट्याक्टर मर्मत तालिम सञ्चालन
रेडियो आँधीखोला,
अशोज १६ ।
वालिङ नगरपालिका वडा नम्बर ५ पित्लेक पाडेथोकमा हाते ट्याक्टर संचालन, मर्मत तथा पर्नुताजगी तालिम संचालन गरिएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठान गण्डकी प्रदेश पोखराको आयोजना र वालिङ नगरपालिका वडा नं ५ को व्यवस्थापनमा १५ दिने तालिमको मंगलबार सुभारम्भ गरिएको हो ।
तालिम उदघाटन कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खाणले परम्परागत तवरबाट गरिने खेति प्रणालीले उत्पादन कम र लागत धेरै लाग्ने भएकाले आधुनिक उपकरणको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो । साथै नगरप्रमुख खांणले भन्नुभयो, ‘सामान्य उपकरण मर्मतका लागी ढुवानी खर्च गरेर बजार लैजानुपर्ने बाध्यताको अन्त्य यो तालिमले गर्नेछ । गाउँघरमै मर्मत गर्ने जनशक्ति उत्पादन भएपछि यहाँका कृषकहरु प्रत्यक्ष लाभान्वित हुनुहुनेछ ।’
गाउँघरमा गोरु पाल्ने चलन हराईसकेकाले सरल र सहज रुपमा कृषि प्रणालीमा आकर्षित गर्नका लागी यान्त्रीकरण र व्यवसायिकरणमा जोडिनुपर्ने भन्दै कृषकले उत्पादन गर्नुभएका उपजहरुको बजारीकरण पालिकाले गरिदिने नगरप्रमुख खांणले बताउनुभयो । तालिममा २५ जना कृषकहरुको सहभागिता रहेको छ !
कार्यक्रममा गण्डकि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका अधिकृत भगवान ढकाल वडा नं ५ का वडा सदस्य रामप्रसाद लामिछाने, पुर्व गाविस अध्यक्ष नरप्रसाद रेग्मि, जन कल्याण कृषक सहकारिका व्यवस्थापक हुमनाथ लामिछान,े नेपालि कांगे्रस प्रतिनिधि महेश गुरुङ, नेकपा एमाले प्रतिनिधि जैसरा रेग्मि, नेकपा माओबादि प्रतिनिधि डिल्लिराम रिजाल लगाएतले तालिम सफलताको शुभकामना दिनु भयको थियो । गण्डकि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम प्रतिष्ठानका प्रमुख खीम बहादुर भुजेलको अध्यक्षतामा सम्पन्न तालिम उद्दघाटन समारोहको सञ्चालन लेखा अधिकृत निलकण्ठ ढकालले गर्नुभएको थियो ।