समाचार
माछापुच्छे्र बैंक वालिङ शाखाद्धारा २३औं वार्शिकोत्सवका अवसरमा वृक्षारोपण
रेडियो आँधीखोला
वालिङ, १८ असोज ।
माछापुच्छे्र बैंक वालिङ शाखाले २३औं वार्शिकोत्सवका अवसरमा वृक्षारोपण गरेको छ । बैंकले बुधबार वालिङ, ८ घ्याङलिङमा रहेको श्रवणकुमार पार्क परिसरमा विभिन्न प्रकारका २३ वटा विरुवाहरु रोपण गरेको हो । कार्यक्रममा वालिङ वडा नं ८ का वडा अध्यक्ष दामोदर तिवारीले वातावरणीय पर्यावरणलाई जोगाइराख्न वृक्षारोपण उपयुक्त कार्य भएको बताउनुभयो । पछिल्लो समय श्रवणकुमार पार्क बिसौनीको रुपमा सबैको रोजाईमा परेकाले सामाजिक काममा सक्रिय भएर वृक्षारोपण गरेकोमा बैंकको प्रशंसा गर्नुभएको थियो ।
कार्यक्रममा कार्यक्रमका संयोजक तथा माछापुच्छ्रे बैंक वालिङका शाखा प्रबन्धक खेमनारायण काफ्लेले विरुवारोपण संगै विरुवाको रेखदेखका लागी स्थानिय नव प्रभात युवा क्लबलाई आग्रह गर्नुभएको छ । साथै यसअघि वार्षिकोत्सवकै अवसार पारेर मंगलबार वालिङ क्याम्पसमा विद्यार्थीसंग माछापुच्छ्रे कार्यक्रम गरेको जानकारी गराउनुभएको थियो । कार्यक्रममा धुपी, तेजपत्ता लगायत कपुरका विरुवाहरु रोपण गरिएको थियो ।