अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ बहुमुखी क्याम्पसमा बिआईसिटिई विद्यार्थीहरुलाई अभिमुखीकरण

news

 
रेडियो आँधीखोला 
वालिङ, १९ असोज ।
वालिङ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षका विद्यार्थीहरुलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ । कार्यक्रममा विषेश गरी बिआईसिटिई कक्षाको विषयमा विद्यार्थीहरुलाई अभिमुखीकरण गरिएको हो । कार्यक्रममा क्याम्पसका बिआइसिटिई प्रध्यापक अमृत पराजुलीले बिआईसिटिई सम्बन्धी कोर्षको विषयमा विस्तृत रुपमा जानकारी गराउँदै यसका फाईदाहरुका विषयमा समेत विद्यार्थीहरुलाई जानकारी गराउनुभएको थियो । 
बढ्दो सूचना प्रविधिको विकास भईरहेका बेला वालिङ बहुमुखी क्याम्पसमा बिआईसिटिईको अध्ययन गर्ने अवसर प्राप्त गर्नु जिल्ला तथा छिमेकी जिल्लाका विद्यार्थीहरुलाई समेत खुसीको कुरा भएको बताउनुभयो । अर्को बिआईसिटिई प्रध्यापक राजन न्यौपानले आईसिटिई विषयको अध्ययनले विद्यार्थी स्वाबलम्बन बनाउने बताउनुभयो । कार्यक्रममा प्रध्यापक अर्जुन अर्याल, बिआईसिटिई तेस्रो सेमेष्टरका विद्यार्थीद्धोय बसन्त भुषाल र दिपिसा डुम्रेले आफ्ना अनुभवहरु आदाप्रदान गर्नुभएको थियो । कार्यक्रमको संचालन बिआईसिटिई दोस्रो सेमेष्टर अध्ययनरत विद्यार्थी बबिन पाठकले गर्नुभएको थियो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...