समाचार
अर्जुनचौपारीमा घुम्ति व्यवसायीलाई प्रतिवन्ध
वालिङ, २० असोज ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले अब पालिकाभित्रका टोल—टोल देखी गाउँगाउँमा र बजारक्षेत्रमा घुम्ति व्यापार गनै प्रतिवन्ध लगाएको छ । घुम्ति व्यवसाय गर्ने व्यापारीले वडामा वा पालिकाको प्रशासनबाट अनुमति लिएर मात्रै व्यावसाय गर्न अनुरोध गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले सूचना जारी गर्दै पालिका बाहिरबाट आएर कुनै दर्ता कागतजात वा पालिकासगँ अनुमति नलिइ सामानहरु विक्रि वितरण नगर्न अनुरोध गर्नुभएको छ ।
स्थानीय व्यावसायीको गुनासो आउन थालेपछि पालिकाले सो प्रतिवन्ध लगाएको हो । सम्वन्धित वडा वा पालिकाबाट अनुमति लिएर मात्रै सामाग्री विक्रि वितरण गर्नुहोला प्रशासकीय अधिकारीले जारी गरेको सूचनामा भनिएको छ ‘सूचनाको बर्खिलाप गरिएमा समान जफत हुने र आवश्यक कारवाही हुनेछ ।’ अनुमति नलिइ सामाग्री विक्रि वितरण गरेको देखेमा प्रहरी, वडा कार्यालय वा पालिकामा खबर गरी सहयोग गरिदिन समेत सूचनामा उल्लेख छ ।
अधिकांश ग्रामिण भेगमा भारतीय मुलका व्यापारीहरुले कमसल खालका सामाग्री विक्रि वितरण गर्ने क्रियाकलाप बढेको छ । बजारमा भन्दा सस्तोमा पाइने भन्दै कमसल खालका सामाग्री किन्दा स्थानीय नागरिक ठगिएको महशुष भएकाले यसरी सूचना जारी गरेर अनुमति लिएर मात्रै सामाग्री विक्रि वितरण गर्न अनुरोध गरेको पालिकाका अध्यक्ष प्रकाश तिवारीले बताउनुभयो । चोरी सगै अन्य सामाजिक अपराधिक क्रियाकलाप बढ्न सक्ने महशुष गरेर यसमा कडाई गर्न थालेका हौं अध्यक्ष तिवारीले भन्नुभयोे ।
पालिकाले रेकर्ड राख्ने प्रक्रिया अगाडी बढाएपछि ठगिने, लुटिने र अपराधिक क्रियाकलापका घट्नामा खोज्न सजिलो हुने तिवारीले बताउनुभयो । पालिकामा सडक निर्माण देखी घर निर्माणका लागि आएका मजदुरहरुको समेत रेकर्ड राख्ने तयारीमा लागेको उहांले बताउनुभयो । गाउँपालिकाले घुम्ति व्यापार गर्ने व्यापारीलाई कानुनको दायरामा ल्याउने प्रयासलाई पालिकाका व्यवसायीले प्रशंसा गरेका छन् । बार्षिक राजस्व तिर्ने व्यापारीलाई चुनौती दिएर दिनदाहाडै विना दर्ता, विना राजस्व घुम्ती व्यपार गर्नेका लागि यो अत्यन्तै राम्रो भएको व्यावसायीको भनाई छ ।