अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

एमालेको प्रदेश निर्वाचनमा स्याङ्जाबाट उपाध्यक्ष सहित १९ सदस्य निर्वाचित

news

 
रेडियो आँधीखोला 
वालिङ, २० असोज ।
नेकपा एमाले गण्डकी प्रदेशको अधिवेसनमा स्याङ्जाका उपाध्यक्ष सहित १९ सदस्य निर्वाचित भएका छन् । प्रदेश अधिवेसनको निर्वाचनबाट स्याङ्जाका मिनप्रसाद गुरुङ उपाध्यक्षमा निर्वाचित हुनु्भएको छ भने अन्य १८ जना सदस्य प्रदेश कमिटि र एक जना लेखा समिति सदस्यमा निर्वाचित भएका हुन् । नवराज शर्मा र मायानाथ अधिकारीको प्यानल बीच चुनावी प्रतिष्पर्धा भएको थियो । चुनावी प्रतिष्पर्धाबाट नवराज शर्माको प्यानल नै विजयी भएका हुन् । 
स्याङ्जाबाट उपाध्यक्षमा शर्मा प्यानलबाट मिनप्रसाद गुरुङ सहित १८ जना सदस्य निर्वाचित हुनुभएको हो । स्याङ्जाबाट सदस्यहरुमा खिम थापा, रामबहादुर थापा, बुद्धिमान श्रेष्ठ, उदय श्रेष्ठ, हुमबहादुर गुरुङ, मोति पौडेल, देवी थापा, देविसरा थापामगर, सरस्वति भट्राई, अमृता सिग्देल अर्याल, इ. ओम शर्मा, नासिर खां, धनमाया विश्वकर्मा, कुलबहादुर विक, निर्मला थापा, खगिसरा थापा, देवेन्द्र गुरुङ र खिमा पाण्डे निर्वाचित हुनुभएको हो । त्यस्तै लेखा समिति सदस्यमा स्याङ्जाबाटै मन्जु केसी निर्वाचित हुनुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...