अहिले तरंगमा

केहि छिनमा

समाचार

आन्दोलनमा उत्रेका स्थानीयतहका कर्मचारीद्धारा शुक्रवारदेखी पेन डाउन

news

 
वालिङ, २० असोज ।
विभिन्न माग राखेर आन्दोलनमा उत्रेका स्थानीयतहका कर्मचारीले शुक्रवारदेखी पेन डाउन गरेर बिरोधमा उत्रेका छन् । स्याङ्जाको वालिङलगायतका स्थानीयतहका कर्मचारीहरुले शुक्रवार हातमा कालो पट्टी बाँधेर अत्यआवश्यक काम बाहेक सेवा ठप्प गरेर आन्दोलनमा उत्रेका हुन् । पालिकाको मुलगेटमा कालो ब्यानरमा बिरोध जनाउदै हातमा प्लेकार्ड बोकेर आफ्ना माग पुरा गर्न सरकारलाई दबाव दिएका छन् । शुक्रवार स्याङ्जाका ९७ वटै वडा र ११ ओटै पालिकाबाट कुनै सेवा प्रवाह नभएको स्थानीयतह कर्मचारी संघर्ष समिति स्याङ्जाले जनाएको छ । 
सामान्य सिफारीस समेत स्थानीयतहका कर्मचारीले नगरिदिएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । उनीहरुले एकिकृत निजामती सेवा ऐन जारी गर, अस्थायी तथा करारका कर्मचारीको उचित व्यवस्थापन गर, अन्तर प्रदेश सरुवा लागु गर, तिनैतहका कर्मचारीलाई निजामती परिभाषामा समाबेस गर भन्दै पालिकाका मुल गेटमा नाराबाजी गरेका थिए । 
स्थानीयतह कर्मचारी केन्द्रीय संघर्ष समितिले घोषणा गरे बमोजिम शुक्रवारबाट अनिश्चित कालिन सेवा प्रवाह ठप्प पारेर आन्दोलनमा उत्रन बाध्य भएको वालिङका संयोजक भुवानी  तिवारीले बताए । ‘ केन्द्रीय समितिले सबै कर्मचारीलाई काठमाण्डौ केन्द्रीत् हुन आव्ह्रान गरेको छ’ उनले भने,‘केन्द्रमा पुग्न नसक्ने साथीहरुले आ—आफ्नो स्थानीयतहमा आन्दोलन कायम राख्ने निर्देशन छ ।’ सोही मुताविक शुक्रवार देखी हामीले हातमा कालो पट्टी बाँधेर पेन डाउन गरेका हौं उनले भने ।   
स्याङ्जाका स्थानीयतहका कर्मचारीहरुले प्रमुख जिल्ला अधिकारी मार्फत समेत प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र पठाइसकेका छन् । सरकारले मागलाई सम्बोधन नगरेमा अझै थप कडाईका साथ आन्दोलनमा उत्रन सक्ने चेतावनी पनि दिदै आएका छन् । वडातह र पालिका स्तरबाट हुने सिफारीस देखी अन्य सेवा प्रवाह ठप्प हुदा सेवाग्राही ठुलो मर्कामा परेका छन् भने प्रशासन, मालपोत कार्यालयमा समेत काम ठप्प जस्तै हुन पुगेको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...