अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Songs & Add

समाचार

नेपालगञ्जमा अवस्था हेरेर कर्फ्यु र निषेधाज्ञा हटाउने तयारी, अफवाह र हल्लाका पछाडि नलाग्न प्रशासनको आग्रह

news

 

असोज २०, काठमाण्डाै - बाँकेको नेपालगञ्जमा आज पनि निषेधाज्ञा कायमै छ । तर अवस्था सामान्य रहेको र चहलपहल बढेको छ ।

नेपालगञ्ज क्षेत्र शान्त बन्दै गएको प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो । उहाँले अवस्था हेरेर कर्फ्यु र निषेधाज्ञा दुवै हटाउने तयारी भइरहेको समेत बताउनुभएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार रातको समयका लागि जारी गरिएको कर्फ्यु कायमै छ । बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म निषेधाज्ञा लागू गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर बिहानदेखि बेलुकासम्म नेपालगञ्ज उपमहानगर (पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोडको इन्द्रपुर जाने बाटो, उत्तरमा राँझा चोक र दक्षिणमा जमुनाहा सीमा नाका) का चार किल्लाभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक वा प्रदर्शन वा पोस्टर, पर्चाजस्ता प्रचार सामग्री टाँस्न वा लेख नपाइने तथा हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा धेरै मानिस जम्मा हुन नपाउने जनाएको छ ।

त्यहाँ मङ्गलवार दिउँसो एक बजेदेखि लगाइएको कर्फ्यु अस्ति बिहीवारदेखि दिउँसोको समयमा हटाइएको थियो । विभिन्न अफवाह र हल्लाका पछाडि नलाग्न पनि जिल्ला प्रशासन कार्यालय बाँकेले अनुरोध गरेको छ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...