अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

सहकार्य टोल विकास समितिको अध्यक्षमा प्रतिमा

news

 
रेडियो आँधीखोला 
वालिङ, २३ असोज ।
सहकार्य टोल विकास समिति वालिङ ८ कोे अध्यक्षमा प्रतिमा थापा पौडेल मनोनित हुनुभएको छ । सोमबार टोलबासीहरुको भेलाले थापा पौडेलको अध्यक्षतामा टोल विकास समिति पुर्नगठन गरेको हो । उपाध्यक्षमा विजया सुवेदी, सचिवमा माया पाण्डे, कोषाध्यक्षमा मिना थापा, सहसचिवमा कमला बोगटीलाई मनोनित गरिएको हो । सदस्यहरुमा सरस्वति सुवेदी, नारायण तिवारी, रमा शर्मा, रमाकला सुवेदी रहनुभएको छ । 
त्यस्तै टोल समितिको सल्लाहकारहरुमा सीताराम अधिकारी, ठाकुर स्ुवेदी, हिमकान्त सवुवेदी, पवन बस्याल र प्रविण तिवारी रहनुभएको छ । टोल विकास समिति पुर्नगठन कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष दामोदर तिवारीले नगरको विकास निर्माणमा टोल विकास समितिको महत्वपुर्ण भुमिका रहने भन्दै प्रत्येक टोल समृद्ध भए समग्र नगर समृद्ध हुने बताउनुभयो । साथै वडा अध्यक्ष तिवारीले आफ्नो टोललाई कति सक्रिय बनाउने, विकास निर्माणमा सहभागिता, उद्यमशीलतामा अभिप्रेरित गर्नका लागी टोल समिति नै परिचालित हुने भएकाले सक्रिय भएर लाग्न पुर्नगठित समितिलाई आग्रह गर्नुभयो । 
कार्यक्रममा समाजसेवी भीमलाल सुवेदी, वडा सचिव प्रेमनारायण सुवेदी, पबन बस्याललगायतले बोल्नुभएको थियो । यसअघि सहकार्यटोल उत्कृष्ठ टोलमा नगरपालिकाबाट पुरस्कृत समेत भईसकेको छ । समितिले टोलमा सरसफाई, पँधेरा संरक्षणलगायतमा महत्वपुर्ण भुमिका खल्दै आएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...