अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

१४९ औं विश्व हुलाक दिवसका अवसरमा पत्रकार सहित १० जना सम्मानित

news

 
रेडियो आँधीखोला 
वालिङ, २३ असोज ।
दुगेदर फर ट्रष्ट भन्ने नाराका साथ १४९ औं विश्व हुलाक दिवस आज (सोमबार) स्याङ्जामा पनि मनाइएको छ । जिल्ला हुलाक कार्यालयको आयोजनामा सो दिवस मनाइएको छ । दिवसको उदघाटन गर्दै प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले वर्तमान अवस्थामा हुलाक कार्यालयको सेवा र स्वरुप बदलिए पनि विश्वसनीयतामा कमी नआएको बताउनु भयो । हिजो संचार माध्यमका साधनमा एकल अधिकार जमाएको हुलाक कार्यालय आज प्रतिस्पर्धी दुनियामा यसका भूमिा गौण बन्दै गएको उहाका भनाई छ । हुलाक सेवालाई बर्तमान परिवेश अनुरुप परिवर्तन गर्दै अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देल, निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, कोषाध्यक्ष रमेश गोदार, प्रेस यूनियनका पूर्व अध्यक्ष प्रदीप कोइराला, पत्रकार हरि अर्याल लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सोही कार्यक्रममा पत्रकार सहित १० जनालाई सम्मान गरिएको छ । 
सम्मानित हुनेमा पत्रकार महासंघका अध्यक्ष एवं पब्लिक आवाजका कार्यकारी सम्पादक श्रीकृष्ण सिग्देल, स्याङ्जा एफ एम तथा टेलिभिजनका ब्यवस्थापक रमेश गोदार, आधीखोला केवल प्रा.लि. संचालक हरि अर्याल, जिल्ला हुलाक कार्यालयका नायब सुब्बा नायब सुब्बा ज्ञानेन्द्र प्रसाद मरासीनी, खरिदार गेद गिरी र बाबुराम सिग्देल, प्रतिनिधी प्रभानन्द ढकाल, हल्काराहरु कलादेवी डोटेल, लिलालल्लब काफले, संगीता पौडेललाई सम्मान गरिएको हो । जिल्ला हुलाक कार्यालयका प्रमुख कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षताा सम्पन्न कार्यक्रमको संचालन लेखापाल रमेश विकले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...