समाचार
नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने एघार ट्रयाक्टर नियन्त्रणमा
रेडियो आँधीखोला
वालिङ, २६ असोज ।
आँधीखोलाबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन र ओसारपसारमा संलग्न रहेका एघार ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्याङ्जाको वालिङ १३ गाहाखोलास्थित आँधीखोला किनारबाट अवैधरुपमा नदीजन्य पदार्थ बालुवा उत्खनन गरी ओसार पसार गरेका पाएपछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
वडा प्रहरी कार्यालय वालिङ र थुमपोखरा प्रहरी चौकीबाट गएको प्रहरी टोलीले ट्रयाक्टरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी रविन्द्र खनालले बताउनुभयो ।
नदीजन्य पदार्थ उत्खनन गरी ओसार पसार गर्नेक्रममा रहेका एघार ट्रयाक्टरमध्ये नौ वटा बालुवासहित र दुई वटा खाली रहेका छन् ।
प्रहरीको नियन्त्रणमा रहेका ट्रयाक्टरहरुलाई आवश्यक कारवाहीकालागि स्थानीय सरकारमा बुझाईने उहाँले बताउनुभयो । स्थानीय सरकारकोरुपमा रहेको वालिङ नगरपालिकाले जरिवानास्वरुप प्रति ट्रयाक्टर रु. दश हजार राजस्व भुक्तानी गर्नुपर्ने वालिङ नगरपालिकाका सूचना अधिकारी ज्ञानप्रसाद अर्यालले बताउनुभयो ।