अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

बजार अनुगमनका क्रममा कारवाही, वालिङमा भेटियो मिति गुज्रेका सामाग्री

news

 
रेडियो आँधीखोला 
वालिङ, २६ असोज । 
चाडपर्व नजिकिएसँगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमन गरी जरिवाना गरेको छ ।
असोज महिना लागेपछि प्रशासनले बजार अनुगमन थालेको हो । प्रशासनले हालसम्म जिल्लाका वालिङ, चापाकोट, भीरकोट, गल्याङ नगरपालिका, अर्जुनचौपारी, हरिनास, फेदीखोला र कालीगण्डकी गाउँपालिकाका बजारहरुको अनुगमन गरी नियम विपरित सञ्चालनमा रहेका पसलहरुलाई कारवाहीस्वरुप चार लाख ५० हजार जरिवाना गराईएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताउनुभयो ।
 
सहायक जिल्ला अधिकारी पौडेल नेतृत्वको अनुगमन टोलीले चाडपर्वलाई लक्षित गरी हुनसक्ने ठगी तथा कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमनलाई तिब्रता दिएको हो ।
अनुगमनका क्रममा पसलमा मुल्य सूचि नभएको, म्याद नाघेका समान बिक्री वितरण गरेको, खरिद र बिक्री बिल बिजक जारी नगरेको, दर्ता अनुमति नलिई औषधि पसल सञ्चालन गरेकाहरुलाई जरिवाना गरिएको उहाँले बताउनुभयो ।
 
“ठुलो मात्रामा म्याद नाघेका खाद्यवस्तुहरु जफत गरी सम्बन्धित पालिकाहरुमा नष्ट गरेका छौं” उहाँले भन्नुभयो, “प्रकृति हेरी केहीलाई जरिवाना र केहीलाई पालना गर्नुपर्ने नियमकाबारेमा जानकारी गराई नियमको पालना गर्न निर्देशन गरेर छाडिएको छ ।”
“स्थानीय पालिकाहरुले अनुगमन गर्दा मुल्य सूचि राख्न, म्याद गुज्रेका समान हटाउन, दर्ता गरेर मात्रै पसल सञ्चालन गर्न आग्रह गर्दा पनि बिक्रेताहरुमा लापरवाही देखिएको छ” उहाँले भन्नुभयो, “बिक्रेताहरुमा लापरवाही एकातिर छ भने अर्कोतर्फ उपभोक्ताहरुले पनि सस्तोमा समान पाईयो भनेर उठाउने तर मिति गुजे्रकोसमेत ख्याल नगर्दा समस्या देखिने गरेको छ ।”
 
प्रशासनले सन्देशमूलक अभियान चलाएको बताउँदै उपभोक्ताहरुले समान खरिद गर्दा विशेष ध्यान दिनुपर्ने उहाँको जोड छ ।पसलहरु अनुगमनकाक्रममा एउटै वस्तुको मुल्य पसलैपिच्छे फरक फरक भेटिएको थियो । 
प्रशासनले हिजो वालिङ बजार अनुगमन गरेको थियो । वालिङमा रहेका औषधि पसलहरु, हार्डवयरहरु, खाद्यान्न पसलहरुमा अनुगमनकाक्रममा मूल्य सूचि नराखेको, एउटै वस्तुको मुल्यमा फरक दररेट रहेको, बिल बिजक जारी नगरेको भेटिएको थियो । वालिङका विभिन्न पसलबाट म्याद गुज्रेका १० बोरा चामलसहितका ठूलो परिमाणमा खाद्यान्नहरु जफत गरी नष्ट गरेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...