समाचार
वालिङमा मातापिता प्रतिष्ठानको तर्दथ समिति गठन
रेडियो आँधीखोला
वालिङ, २९ असोज ।
वालिङमा मातापिता प्रतिष्ठानको तदर्थ समिति गठन गरिएको छ । कवितामा बा कविता सङग्रहको प्रकाशनसंगै मानसिक रुपमा बिजाङकुरण भएको मातापिता प्रतिष्ठान गठनलाई आईतबार मुर्त रुप दिईएको हो । प्रतिष्ठान तदर्थ समितिको अध्यक्षमा श्यामप्रसाद ढुङगाना रहनुभएको छ भने उपाध्यक्षमा शंकर सुवेदी, सचिवमा भरत बगाले, कोषाध्यक्षमा मन्जु ढुङगाना रहनुभएको छ । त्यस्तै सदस्यहरुमा चोलाकान्त अर्याल, धु्रवराज उपाध्याय, प्रदिप बगाले, रेशमलाल कोईराला, सुभद्रा रेग्मी, शान्ता पौडेल र केशभक्त गुरुङ रहनुभएको छ ।
त्यस्तै आईतबार बसेको भेलाले तदर्थ समितिसंगै विधान मस्यौदा समिति, भेला आयोजक समिति र प्रचारप्रसार समितिको समेत गठन गरिएको छ । विधान मस्यौदा समितिको संयोजकमा श्यामप्रसाद ढुङगाना रहनुभएको छ भने सदस्यहरुमा प्रदिप बगाले, रेशमलाल कोईराला र तोलाकान्त बगाले रहनुभएको छ । त्यस्तै भेला आयोजक समितिको संयोजकमा प्रदिप बगाले सदस्यहरमा यमकान्त खनाल, मिलन समिर, रेशमलाल कोईराला, केशभक्त गुरुङ, तोलाकान्त बगाले, दीपेन्द्र तिवारी र बुद्धिप्रसाद अर्याल रहनुभएको छ । प्रचारप्रसार समितिको संयोजकमा रेशमलाल कोईराला रहनुभएको छ ।
सदस्यहरुमा शम्भु अर्याल, तोलाकान्त बगाले, श्रीकृष्ण सिग्देल, प्रदिप कोईराला, राधाकृष्ण डुम्रे, सुशिल सुवेदी, मणि अर्याल र कला राना रहनुभएको छ । वल्ड एज क्लबको स्थापना गर्ने अवधारणाका साथ गठित प्रतिष्ठानको यहि कार्तिक १८ गते बृहत भेलाको आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ ।
मातापिता एवं जेष्ठ नागरिकहरुप्रति पछिल्लो पुस्ताले गर्नुपर्ने सेवा, सम्मानका बारेमा जानकारी गराउने, मातापिताप्रतिको सम्मान जागृत गराउने, पुस्ता हस्तान्तरण गर्ने, मातापिता तथा जेष्ठ नागरिकहरुको वर्तमान अवस्थाको बारेमा रेर्कड राख्ने, सहयोग सम्मान गर्नेलगायतको उद्देश्य राखेर प्रतिष्ठानको गठन गरिएको हो ।
प्रतिष्ठानले तिनै तह तथा अन्तराष्ट्रिय स्तरबाट सहयोग समन्वय गरी वालिङमा वल्ड एज क्लब अर्थात जेष्ठ नागरिक क्लब स्थापना गर्ने प्रतिष्ठानको अवधारणा छ । तदर्थ समिति गठनका लागी अशोज ३ गते संविधान दिवसका दिन वालिङ ८ धाराको चौरस्थित भगवती मन्दिर राधाकृष्ण सत्संग हलमा प्रारम्भिक छलफल समेत भएको थियो ।