अहिले तरंगमा

Aandhikhola Khabar

केहि छिनमा

Nepal Khabar

समाचार

मनसुन बाहिरिएसँगै नेपालमा पश्चिमी वायुको प्रभाव, आज र भोलि वर्षाको सम्भावना

news

 

 असोज २९, काठमाण्डाै - मनसुन बाहिरिएसँगै नेपालमा पश्चिमी वायुको प्रभाव परेको छ ।

हिजो बेलुका पश्चिमी क्षेत्र हुँदै पश्चिमी वायु प्रवेश गरेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार यो वायुको प्रभावका कारण गएराति पश्चिमी क्षेत्रका केही ठाउँमा पानी परेको थियो । अहिले पानी पर्न रोकिए पनि दिउँसोदेखि फेरि पर्ने मौसमविद् नगरकोटीले जानकारी दिनुभयो ।

विशेषगरी आज र भोलि सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा पनि पानी पर्ने अनुमान छ । आज काठमाण्डौमा पनि हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

कोशी प्रदेशका तराई क्षेत्र र मधेस प्रदेशमा भने आज पानी पर्ने सम्भावना कम छ । यी क्षेत्रमा भोलि भने फाट्टफुट्ट वर्षा हुने अनुमान छ । पर्सि बुधवारदेखि भने मौसम खुल्दै जाने मौसमविद्ले बताएका छन् ।

यसपालि १३ दिन ढिलो गरी नेपालबाट मनसुन बाहिरिएको थियो । मनसुन बाहिरिए लगत्तै पश्चिमी वायु भित्रिएकाले पानी पर्न थालेको मौसमविद्को भनाइ छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...