अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

उपकार बचत तथा ऋण सहकारी संस्थाको ३१औँ साधारण सभा सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, ३० असोज ।
स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको उपकार बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ३१ वार्षिक इकाई साधारण सभा विभिन्न सेवा केन्द्रहरुमा सम्पन्न भएको छ । वालिङ मोडमा मुख्य कार्यालय रहेर चापाकोट ८ को दामाचौर, वालिङ ७ को केवरे, कालिगण्डकीको मिर्मी सेवाकेन्द्र, बायाँटारी र वालिङको ईकाइ साधारण सभा सम्पन्न गरेको हो । 
वालिङमा गरिएको साधारण सभामा वालिङ नगरप्रमुख कृष्ण खांणले बचत तथा ऋणको कारोबारसंगै सदस्यहलाई उत्पादनमुलक कार्यमा लगाउनुपर्ने बताउनुभयो । उत्पादन नै महत्वपुर्ण पक्ष रहेकाले उत्पादनमुलक कार्यमा सहकारीले लगानी गर्नुपर्नेमा नगरप्रमुख खांणको जोड  छ । सहकारीहरुले यहाँको आर्थिक गतिविधिलाई चलायमान बनाएको भन्दै सहकारी आफ्नो निति र सिद्धान्तलाई टेकेर अगाडि बढ्नुपर्ने नगरप्रमुख खांणले बताउनुभयो ।
कार्यक्रममा संस्थामा बाल बचत गर्दै आएका गत शैक्षिक उत्कृष्ठ अंक प्राप्त गर्ने छात्रछात्रा, छात्रा शैक्षिक पुरस्कार, सेयर सदस्यका परिवारबाट कक्षा नर्सरीदेखि कक्षा ९ सम्म वार्शिक परिक्षामा ३.८ जिपिए ल्याउने विद्यार्थी, एइइमा ३.८ जिपिए प्राप्त गर्ने सेयर सदस्यका छोरी, बहिनी, बुहारीहरुलाई समेत पुरस्कार वितरण गरिएको छ ।
सबै सेवाकेन्द्रको प्रतिनिधिमूलक उपस्थितिमा संस्थाको मुख्य कार्यालय वालिङमा आज साधारणसभा सम्पन्न गरिने कार्यक्रम रहेको छ । आजै नवौं अधिवेशन गरिने कार्यवाहक अध्यक्ष लक्ष्मीपति पौडेलले जानकारी गराउनुभयो । यही मंसिर ७ गतेसम्म वर्तमान कार्यसमितिको कार्यकाल रहेकाले पनि कार्यकाल सकिन अगावै अधिवेशन मार्फत नयाँ नेतृत्व निर्वाचित गर्ने तयारीमा सहकारी रहेको हो । सहकारीले आगामी अधिवेशनमा उम्मेदवार बन्न चाहने शेयर सदस्यहरुका लागि पूर्व नेतृत्व क्षमता अभिवृद्धि तालीम समेत प्रदान गरेको छ ।
२१ करोड तरलता रहेको सहकारीको लगानी ४७ करोड ७७ लाख ६४ हजार ६ सय १० रहेको छ ।  कूल ८२ करोड २ लाख ८ हजार ३ सय ३३ कारोबार गरेको संस्थाको सदस्यहरुको बचत ६२ करोड ६० लाख १३ हजार ४ सय ६ रहेको छ । यसैगरी संस्थाको अधिकृत शेयर पुँजि २० करोड रहेको छ भने चुक्ता शेयर पूँजि ७ करोड ६९ लाख ५३ हजार ८ सय रहेको छ ।
देशमा आएको वित्तीय सङ्कटका कारण व्यवसायीहरु आर्थिक सङ्कटमा परेर यस वर्ष भाखा भित्र व्याज र किस्ता चुक्ता गर्न बाँकि रु. ५ करोड १५ लाख ७३ हजार ९ सय ९० ऋण नोक्सानी कोषको व्यवस्था गरिएको संस्थाका कार्यवाहक अध्यक्ष पौडेलले जानकारी गराउनुभयो ।
वित्तीय सङ्कटका बावजुद पनि सहकारीले ६१ लाख ११ हजार ३ सय ९४ रुपैयाँ ६४ पैसा खुद खुद नाफा गर्न सफल भएको उहाँले उल्लेख गर्नुभयो ।  ३ हजार ९ सय १९ महिला र ३ हजार ८ सय ७८ पुरुष तथा १७ संस्थागत गरी ७ हजार ८ सय १४ शेयर सदस्य रहेको सहकारीमा बाल बचतकर्ता १ हजार ७ सय २१ रहेका छन् । २०५० सालमा स्थापना भएको सहकारी गण्डकी प्रदेशकै ठुलो र व्यवस्थापकीय राम्रो रहेको सहकारी मानिन्छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...