समाचार
वालिङमा रक्तदान कार्यक्रम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १ कार्तिक ।
वालिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जिल्ला रेडक्रस सोसाईटि साखा कार्यालय स्याङ्जाको आयोजनामा मंगलबार रक्तदान जिवनदान भन्ने नाराका साथ रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । वालिङका बयोबृद्ध ८५ वर्षीय ठाकुरप्रसाद सुवेदीले ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्दघाटन गरिएको थियो । कार्यक्रममा १५ जनाले रक्तदाताले रक्तदान गरेका छन् ।
गह्रौँ प्राथामिक अस्पताल वालिङमै ब्लड बैंक स्थापना भएपछि समयसमयमा यस्ता रक्तदान कार्यक्रम रेडक्रसले आयोजना गर्दै आएको भन्दै अगामी दिनमा रक्तदान जिवनदान समारोहमा सहभागि हुन रेडक्रसका महामन्त्री तथा रक्तदान कार्यक्रमका संयोजक खगेन्द्र अर्यालले नगरबासीलाई आग्रह गर्नुभयो । वालिङमै मृगौला डायलाईसिस गर्ने सुविधा प्राप्त भएपछि यहाँ रगतको आवश्यकता पर्ने भएकाले संस्थाले विगतदेखि रक्तदान कार्यक्रम गर्दै आएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिईने अर्यालको भनाई छ ।