समाचार
गह्रौँसुर मन्दिरमा भक्तजको चाप बढ्दै
रेडियो आँधीखोला
वालिङ, ३ कार्तिक ।
स्याङ्जा जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल गह«ौंसुर कालिका मन्दिरमा बडादसैँको अवसरमा भक्तजनहरुको चाप बढ्न थालेको छ । प्रतिपदादेखि मन्दिरमा दशैँ विषेश पुजा शुरु भएको छ । यहाँ नवरात्र भर चौँथी बाहेक अन्य दिन कालिकादेविलाई बलि चढाउँने गरिएको छ ।
वालिङ–८ र गल्याङ नगरपालिका–१० को सङ्गमस्थलमा अवस्थित गह«ौंसुर मन्दिरमा पछिल्लो समय मन्दिरसम्म जानका लागी सहज बाटो, मन्दिर परिसरमा खानेपानी सुविधालगायतका अन्य भौतिक संरचना निर्माण भएपछि मन्दिरमा पुजासंगै घुम्नका लागी जाने पनि बढेका छन् । प्रतिपदादेखि शुरु भएको नवरात्र पुजा अन्र्तगत अहिलेसम्म ८० भन्दा बढी बलि चढाईएको मन्दिरका कार्यालय सचिव थमन गुरुङले जानकारी दिनुभयो । अहिलेसम्म ६ पन्चवली र ८० भन्दा बढी बली कालिका मन्दिरमा चढाईएको छ । विषेशगरी भक्तजनहरुले मन्दिरमा आई भाकल गर्ने र आफ्नो मनोकांक्षा पुरा भएपछि फेरि मन्दिरमा पुगेर बली दिने गरेका छन् ।
तत्कालीन बाइसे÷चौबीसे राज्यअन्तर्गतको गह«ौंकोट राज्यका प्रथम राजा दशरथ खाणको समयमा स्थापित ऐतिहासिक एवं पुरातात्विक महत्वको यस मन्दिर पाँच सय ५० वर्ष पुरानो मानिन्छ । विशेषगरी बडादसैँ र चैतेदसैँमा यहाँ हजारौँको सङ्ख्यामा पाठा, पाडा, भेडा, हाँस, परेवाको बलि दिने गरिन्छ । एकादशी, औँसीबाहेक यहाँ हरेक दिन बलि दिने गरिएको छ । स्याङ्जासहित पाल्पा, गुल्मी, पर्वत, बागलुङ, तनहुँ, बुटवल, पोखरालगायतका स्थानबाट यहाँ बर्सेनि हजारौँ भक्तजन पूजाआजाका लागि आउने गर्छन् । वालिङदेखि जान सकिने गह्रौँसुर मन्दिरसम्म जानका लागी सडक कालोपत्र, नालीसहितको फराकिलो ग्राभेल गरिएको सडकले पनि भक्तजनहरु पछिल्लो समय आर्कषित भएका छन् ।