अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

संस्कृतबिद् जगमान गुरुङ वालिङमा आउनुहुने

 
रेडियो आँधीखोला
वालिङ, ४ कार्तिक ।
नेपाल कल्प प्रा.डा जगमान गुरुङ स्याङ्गजा वालिङ् आउनुहुने भएको छ । मातापिता प्रतिष्ठान स्याङ्जाको आयोजनामा यही कार्तिक १८ गते हुने बृहत भेलाको सम्बोधनका लागी  गुरुङ वालिङ आउन लाग्नुभएको हो । वालिङ स्थित सिटी हलमा हुने कार्यक्रममा संस्कार संस्कृति को खडेरी परिरहेका बेला युवाहरु लाई प्राचीन सभ्यता , धर्म संस्कृति, चाड वाड लगाएतका विषयमा वैज्ञानिक तथा धार्मिक महत्वका विषयमा जानकारी गराईने आयोजकले जनाएको छ । 
पश्चिमा राष्ट्रहरूमा व्यापक प्रयोगमा आउने गरेको वोल्ड एज क्लबको महत्व र आजको नौलो समाजमा यसको आवश्यकता बारे छलफल गर्दै सो को स्थापनाका कार्यक्रम पनि अगाडी बढाउने प्रस्तिठानका सचिव भरत बगालेले बताउनुभयो । उहाँले भन्नुभयो – हाम्रो समाजमा बाल क्लब छन् युवा क्लब छन् तर वृद्धवृद्धाहरुको लागि उपयुक्त क्लब छैन जहाँ बसेर युवा पुस्ताले वृद्धाहरुका अनुभव सुन्न सकुन, ज्ञान हासिल गर्न सकून् ।” 
केहि समय अगाडि गठित प्रतिष्ठानले उपयुक्त स्थान चयन गरी राम्रो रमणिय वातावरण बनाएर बुढेसकालमा साथी सँगै नाति सँगै रमाउन सक्ने पार्क सहितको आश्रम बनाउने उद्धेश्य रहेको प्रतिष्ठानका अध्यक्ष श्याम प्रसाद ढुंगानाले बताउनु भयो
कार्यक्रमको तयारीका लागि वालिङ् ८ नया बजारमा सम्पर्क कार्यालय समेत स्थापना गरिएको कार्यक्रम आयोजना प्रचार प्रसार समितिका संयोजक रेशमलाल कोइरालाले बताउनु भयो ।  प्रतिष्ठानका सदस्य एबम् भेला आयोजना समितिका संयोजक प्रदीप बगालेले उक्त कार्यक्रममा धार्मिक अभियान्ता चिन्तक चैतन्य कृष्णा, प्रा.डा जगन्नाथ रेग्मी लगायतका व्यक्तिको पनि उपस्थिति रहने बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...