समाचार
वालिङ ५ मा रहेको जगत भञ्याङ स्वास्थ्य चौकीको सुबिधा सम्पन्न भवन बाट सेवा प्रवाह शुरु
रेडियो आँधीखोला
वालिङ, ४ कार्तिक ।
वालिङ नगरपालिका वडा नं. ५ मा रहेको जगत भञ्याङ स्वास्थ्य चौकीले सुबिधा सम्पन्न भवन बाट सेवा प्रवाह शुरु गरेको छ । नवनिर्मित भवनको विधिवत पुजाआजा वास्तु गरि सेवा प्रवाह शुरु गरेको हो ।
वालिङ ५ मा रहेको जगत भञ्ज्याङ स्वास्थ्य चौकिले बिक्रम संवत् २०५२ सालमा स्थापना गरि सेवा प्रारम्भ गरि २०५५ सालमा तीन कोठे कच्ची भवन बाट सेवा प्रवाह गर्दै आइरहे को र २०७२ सालको महा भुकम्पबाट झनै जिर्ण अवस्थामा रहेको भवनबाटै सेवा प्रवाह गर्दै आएको थियो ।
२०७४ को स्थानिय निर्वाचनमा स्थानिय निकायको प्रथामिकतामा रहेको जगत भञ्ज्याङ स्वास्थ्य चौकी २०७९ मा पुर्णता पाएको वालिङ ५ का नेता नर प्रसाद रेग्मिले बताउनु भयो संघिय सरकर स्वास्थ्य मन्त्रालयको ४७ लाखको लागतमा ४ कोठे अपाङ्गमैत्री सुबिधा सम्पन्न भवन निमाण गरिएको वडा अध्यक्ष छबि लाल आलेले बताउनुभयो ।
३ रोपनी जग्गा क्षेत्रमा स्थापना गरिएको उक्त भवनबाट वालिङ ५ तथा आसपासका चापकोट ३÷४ लगाएतका करिव ३ हजार नागरिकहरुलाइ प्रथामिक उपचार सेवा प्रदान गर्ने स्वास्थ्य चौकी प्रमुख सोबिता सापकोटाले बताउनुभयो
कार्यक्रममा पुर्व वडा अध्यक्ष ढाकाराम पंगेनी, पुर्व कार्यपालिका सदस्य जमुना के सि, पुर्व वडा सदस्य महेश गुरुङ , अनिता नेपालि, केवरे स्वाथ्य चौकी प्रमुख चन्द्र बहादुर श्रेष्ठ, समाज सेवि गगन कुमार थापा, समाज सेवि इन्द्र प्रसाद पंगेनि, वडा साहयक सचिव ओम बहादुर थापा, महेन्द्र नमुना मा बि का जित बहादुर नेपाली, सरस्स्वती आधारभुत बिधालयका बिधालय व्यवस्थापन समितिका अध्यक्ष तथा जग्गा दाता श्याम बहादुर खड्का, जगत भञ्ज्याङ स्वस्थ्य चौकी सोबिता सापकोटा स्वस्थ्य स्वयम् सेवीका टीका कुमारी रेग्मि, सम्पुर्ण बिधालयको तर्फ बाट श्री कन्या आ बि का प्र अ सुमिता गुरुङलगाएतले मन्तव्य राख्नु भएको थियो भने संचालन वडा सचिव डोलजङ गुरुङ गर्नु भएको थियो