समाचार
भीरकोटको बयरघारीमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, ४ कार्तिक ।
भीरकोटको बयरघारीमा विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान एवं चियापान कार्यक्रम गरिएको छ । भीरकोट नगरपालिकाको आयोजनामा पालिकाभित्रका राजनीतिक दल, जनप्रतिनिधिहरु, कर्मचारीहरु तथा नगरबासीहरुकाबीचमा आज शुभकामना आदान प्रदान गरिएको हो ।
कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले नेपालीहरुका महान चाड बिजया दशमी, शुभ दीपावली, छठ, नेपाल सम्वतका अवसरमा शुभकामना ब्यक्त गर्नुभयो । उहाँले नगरको विकासकालागि सबै दल तथा नागरिकहरुबीच सहकार्य गर्दै नगरपालिका अगाडि बढ्दै आएको बताउँदै समय समयमा आवश्यक सल्लाह, सुझाव तथा प्रतिक्रिया दिनुहुन पनि उहाँले आग्रह गर्नुभएको छ ।
कार्यक्रममा उपप्रमुख भगवती रेग्मी अर्याल, निवर्तमान नगर प्रमुख छायाराम खनाल, निवर्तमान उपप्रमुख सीमा केसी कर्माचार्य, नेपाली काँग्रेस भीरकोट नगर सभापति यामप्रसाद अधिकारी, एमाले भीरकोट नगर अध्यक्ष विश्वनाथ अर्याल, नेकपा माओवादी केन्द्रका भुवन मल्ल, राप्रपा नगर अध्यक्ष हर्कबहादुर रोका, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु, विभिन्न वडाबाट उपस्थित भएका नागरिकहरुले एकापसमा शुभकामना आदान प्रदान गरेका थिए । नगर प्रमुख कर्माचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपप्रमुख भगवती रेग्मी अर्यालले र सञ्चालन नगर प्रवक्ता दीपेन्द्र केसीले गर्नुभएको थियो ।