अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

स्याङ्जाको अर्जुन चौपारी गाउपालिकामा पनि आधारभुत संस्कृत भाषा कक्षा सन्चालन हुने

 
 
रेडियो आँधीखोला,
वालिङ ५ कार्तिक ।
पछिल्लो समय संस्कृत भाषाको महत्त्व बढे संस्कृत कक्षाहरु संचालन हुन थालेका छन् । बिश्व हिन्दु युवा संघ स्याङ्जा ,बिश्व हिन्दु महासंघ स्याङ्जाको पहलमा वालिङको केदारनाथ मन्दिरमा भाषा कक्षा सन्चालन भएको छ । त्यस्तै बिश्व हिन्दु युवा संघको पहलमा र अर्जुनचौपारी गाउपालिकाको सम्न्वयमा अर्जुनचौपारी गाउपालिकामा पनि संस्कृत भाषा कक्षा सन्चालन हुने भएको छ । 
अर्जुन चौपारी गाउपालिकाका प्रमुख प्रकाश तिवारीले पछिल्लो समय मानिसहरुमा नैतिकता घटदै गएकाले र संस्कृत भाषाले मानिसमा सकारात्मक उर्जा दिने र मानिसलाई अनुशासित बनाउने भएकाले भाषा कक्षा संचालन गरिने बताउनुभयो । उहाले संस्कृत भाषालाई हिन्दु धर्म सङ मात्र जोडेर हेर्न नहुने भन्दै यसमा बिज्ञान,दर्शनलगायतका धेरै सकरात्मक पक्ष रहेको बताउनुभयो । 
बिश्व हिन्दु युवा संघ स्याङ्जा जिल्ला अध्यक्ष नबराज पौडेलले स्याङ्जाका हरेक पालिकामा संस्कृत भाषा कक्षा सन्चालनको लागि पहल गरिने त्यसको लागि सम्पुर्ण जन प्रतिनिधि, धार्मिक ,बौद्धिक ,समाजिक ब्यक्तिहरु सङ सम्न्वय गरि कार्यक्रम अगाडि बढाउने जानकरी दिनु भएको छ । अर्जुनचौपारीमा संस्कृत भाषा कक्षा मंसिरबाट सन्चालन गरिने भएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...