अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

तालिबानको सत्ता कब्जापछि अफगानिस्तानबाट भागेर छिमेकी देशमा पुगेकाहरु धमाधम फर्कँदै

news

 

  कात्तिक ६,  अफगानिस्तानमा तालिबान समूहले सत्ता कब्जा गरेपछि भागेर पाकिस्तान गएका शरणार्थी मध्ये झण्डै १२ हजार जना घर फर्किएका छन् ।

पाकिस्तानले एक महिनाअघि अवैध रुपमा बसिरहेका अफगानी शरणार्थीहरुलाई आफ्दो देश फर्कन निर्देशन दिएपछि शरणार्थीहरु घर फर्कने क्रम चलिरहेको छ ।

दक्षिण अफगानिस्तानको कान्दाहार प्रान्तमा शरणार्थी तथा स्वदेश फिर्ता निर्देशनालयका उपप्रमुख मोमिन आगाले हरेक हप्ता औसत आठ सय २० परिवारका चार हजारभन्दा बढी व्यक्ति पाकिस्तानबाट स्वदेश फर्किएका बताउनुभयो । २५ लाख जनाभन्दा बढी अफगान शरणार्थी पाकिस्तानमा बस्दै आएका छन् ।

झण्डै २५ लाखकै सङ्ख्यामा अफगानी शरणार्थी इरानमा आश्रय लिरहेका छन् । पछिल्लो एक वर्षमा छिमेकी देश पाकिस्तान र इरानबाट दुई लाखभन्दा बढी अफगान शरणार्थी आफ्नो मातृभूमि फर्किएका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...